धरान : धरानबाट भेडेटार जाँदै गरेको एक कार जलेर पूर्ण रूपमा नष्ट भएको छ ।
शुक्रबार (आज) दिउँसो करिब १ बजेर २० मिनेटमा धरान–भेडेटार सडकखण्डको आँपगाछी भन्दा करिब सय मिटर मास्तिर भारतीय नम्बर प्लेट बीआर ११ यु ४०४७ नम्बरको कारमा आगलागी भएको हो ।
प्रहरीका अनुसार भारतको बिहारबाट भेडेटार घुम्न आएका मानिसहरू सवार उक्त कार जेलेर पूर्ण रूपमा नष्ट भएको छ भने भारतको विहार राज्यस्थित जोगवनीका ३५ वर्षीय राजीव सिंहले चलाएको उक्त कारमा सवार ५ जना भने सकुशल रहेका छन् ।
कार भित्र भएको विद्युतीय सर्ट का कारण आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post