सुनसरीको बराहक्षेत्र नगरपालिका ५ मा गए राती मोटरसाईकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ ।
प्रदेश १ ०२ ०४३ प ८८२७ नम्बरको मोटरसाईकलले पैदल यात्री बराहक्षेत्र नगरपालिका ४ का ३९ बर्षीय महेन्द्र साहलाई ठक्कर दिएको थियो ।
ठक्करबाट गम्भीर घाईते भएका साहको उपचारको क्रममा बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।














Discussion about this post