Monday, April 20, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home कला साहित्य

कवि देवान किराँतीका कवितामा ‘वाहवाही’

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
चैत्र ८, २०७७
in कला साहित्य, समाचार
0
कवि देवान किराँतीका कवितामा ‘वाहवाही’
305
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरीमा शनिबार साँझ एकाएक गर्दै थुप्रै मानिसहरु भेला भए । आमन्त्रित मानिसहरुले कानेखुशी गर्दै साँझको उल्लास मनाइरहेका जस्ता देखिन्थे । इटहरीका कवि देवान किराँतीको एकल वाचन कार्यक्रममा आमन्त्रित मानिसहरु कवितासँगै उल्लास मनाइरहेका थिए ।

इटहरीको शब्द प्रवाहले आयोजना गरेको काव्य सन्ध्या कार्यक्रममा एकल कविता वाचन गर्न आइपुगेका कवि किराँती थोरै गम्भीर जस्ता पनि देखिन्थे । देशकै चर्चित कवि जसराज किराँतीका छोरा उनी वंशज कविका रुपमा पनि चिनिन्छन् । कार्यक्रममा जसराज किराँती स्वयम् आमन्त्रित भएकाले देवान गम्भीर देखिएको अनुमान लगाउन सकिन्थ्यो ।

‘म पाठक मात्र हो, म मौन रहेर पढ्न लेख्न चाहने मान्छे हुँ,’ कवि देवानले कविता सुनाउनु पूर्व भने, ‘मुलुकको राजनीतिले अहिले भयवित बनाइरहेको छ, म कविताजस्तै केही लेख्छु, कविता हो कि होइन थाहा छैन ।’

उनले आँफू कवि हो कि होइन भन्ने अन्यौल रहेको उदृत गर्दा हलमा रहेको भीँड गल्लल हाँस्यो । देवानले आँफूमा बाबु जसराज किराँतीको काव्यिक गुण विरासतका रुपमा आएको उल्लेख गरे ।

उनले आफ्ना पिता, कवि जसराजलाई सम्मुख राखेर कविता सुनाएको यो पहिलोपटक हो ।

कविता सुन्दै आमन्त्रित अतिथिहरु ।

कवि देवान, नेपाली कविता क्षेत्रका अग्ला व्यक्तिका रुपमा परिचित छन् । उनको शालीनता र भद्रताले नयाँ र पुराना पुस्तासँग नजिक रहेका कवि देवानले एकपछि अर्को गर्दै शनिबार साँझ १० वटा कविता सुनाए ।

उनले मृत्यु जीवनको उत्सव रहेको र यो शाश्वत सत्य रहेको उल्लेख गर्दै कविता सुनाउन सुरु गरे ।

‘गाँठी कुरा’, ‘षड्यन्त्र’, ‘रोटी’, ‘प्रेमको लास’, ‘चिसो’, ‘निमन्त्रणा’, ‘मृत्युको गुलाफ’, ‘मन्दिर र चिहान’, ‘पुरानो प्रेम’ र ‘सत्य’ शीर्षकका कविता सुनाएका थिए ।

देवानले कार्यक्रममा अन्तिम कविता ‘सत्य’ सुनाइसक्दा ‘वाहवाही’ पायो । उनको उक्त कविताले दर्शक दीर्घबाट निकैबेरसम्म ‘वान्स मोर्–वान्स मोर्’ पाएको थियो ।

देवान किराँतीका बारेमा बोल्दै नाट्यकर्मी सोनु जयन्तीले उनका कविताका पात्र क्लियर रहने बताए । सरल शब्द प्रयोग गरेर शक्तिशाली काव्य निर्माण गर्नसक्ने क्षमता रहेको बताउँदै देवानले थोरै कविता मात्रै बाहिर ल्याउने गरेको नाट्यकर्मी जयन्तीले बताए ।

कार्यक्रमका प्रमुख अतिथि मनु मञ्जिलले कवि देवान आफ्नो पुरानो साथी रहेको र उनका कवितामा सरलता सँगै गहिराइ हुने बताए ।

कवि बद्री भिखारीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमलाई विराट अनुपमले सहजीकरण गरेका थिए ।

 

Tags: #इटहरी#साहित्यकविता
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सुनसरीमा ७५ किलो गाँजासहित तीन जना पक्राउ
समाचार

सुनसरीमा ७५ किलो गाँजासहित तीन जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
बैशाख ७, २०८३
0

इटहरी : सुनसरीको कोशी गाउँपालिका–२ सरदार टोलमा लागूऔषध गाँजा कारोबार भइरहेको सूचनाको आधारमा प्रहरीले छापा मारेर ठूलो परिमाणमा गाँजा बरामद...

झापाको मालपोतमा टोकन प्रणाली, अनधिकृत व्यक्तिको प्रवेशमा कडाइ
FEATURE BREAKING

झापाको मालपोतमा टोकन प्रणाली, अनधिकृत व्यक्तिको प्रवेशमा कडाइ

by रासस
बैशाख ७, २०८३
0

झापा : भद्रपुरस्थित भूमिसुधार तथा मालपोत कार्यालयले सेवा प्रवाहलाई व्यवस्थित, छरितो र पारदर्शी बनाउन टोकन प्रणाली लागू गरेको छ ।...

माछा पोखरीमा डुबेर एक पुरुषको मृत्यु

संखुवासभा : पौडी खेल्ने क्रममा चिप्लिएर खोलामा खसेर दुई बालकको मृत्यु 

बैशाख ७, २०८३
तेह्रथुममा छोराले बञ्चरो प्रहार गरी बाबु–आमाको हत्या गरे

उदयपुरमा ७३ वर्षीय वृद्धले गरे ६४ वर्षीयको हत्या, कारण के थियो ? 

बैशाख ७, २०८३

एक सय १० मेगावाटको दुधकोशी पाँचौँ जलविद्युत् आयोजना निर्माण हुने

बैशाख ७, २०८३
पाँचथरको चौँरी महोत्सव : पर्यटन र आम्दानी दुवै, गोठ नै बने ‘गोठबास’

पाँचथरको चौँरी महोत्सव : पर्यटन र आम्दानी दुवै, गोठ नै बने ‘गोठबास’

बैशाख ७, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सुनसरीमा ७५ किलो गाँजासहित तीन जना पक्राउ

सुनसरीमा ७५ किलो गाँजासहित तीन जना पक्राउ

बैशाख ७, २०८३
झापाको मालपोतमा टोकन प्रणाली, अनधिकृत व्यक्तिको प्रवेशमा कडाइ

झापाको मालपोतमा टोकन प्रणाली, अनधिकृत व्यक्तिको प्रवेशमा कडाइ

बैशाख ७, २०८३
माछा पोखरीमा डुबेर एक पुरुषको मृत्यु

संखुवासभा : पौडी खेल्ने क्रममा चिप्लिएर खोलामा खसेर दुई बालकको मृत्यु 

बैशाख ७, २०८३
तेह्रथुममा छोराले बञ्चरो प्रहार गरी बाबु–आमाको हत्या गरे

उदयपुरमा ७३ वर्षीय वृद्धले गरे ६४ वर्षीयको हत्या, कारण के थियो ? 

बैशाख ७, २०८३



लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1311 shares
    Share 524 Tweet 328
  • सुनसरीको रामधुनीमा पिकअपको ठक्करबाट दुई जनाको मृत्यु, चालक फरार

    689 shares
    Share 276 Tweet 172
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    466 shares
    Share 186 Tweet 117
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    385 shares
    Share 154 Tweet 96
  • शिक्षा विकास तथा समन्वय इकाइ सुनसरीको हतारको निर्णय, एकै छिनमा दुई पत्र, दुवै गलत 

    372 shares
    Share 149 Tweet 93

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.