इटहरी : जिल्ला अदालत सुनसरीले जबरजस्तीकरणी आरोपमा पक्राउ परेका भोक्राहा–नरसिंह गाउँपालिका अध्यक्ष महेन्द्रप्रसाद यादवलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
बिहीबार जिल्ला अदालत सुनसरीले इलाका प्रहरी कार्यालय धरानको माग बमोजिम जवरजस्तीकरणी मुद्दामा अनुसन्धानका लागि पाँच दिनको म्याद दिएको हो ।
अध्यक्ष यादव विरुद्ध जिल्ला अदालत सुनसरीमा पाँच दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिए ।
अध्यक्ष यादव बुधबार बेलुका धरानबाट १७ वर्षीया किशोरीसहित आपत्तिजनक अवस्थामा भेटिएका थिए ।
किशोरीले जाहेरी दिएपछि इलाका प्रहरी कार्यालय धरानले जबरजस्तीकरणी मुद्दामा पाँच दिन म्याद थप गरी अनुसन्धान सुरू गरेको हो ।
अध्यक्ष यादवले जागिर लगाइदिन्छु भन्दै आफ्नो इच्छाविपरीत करणी गरेको किशोरीले जाहेरीमा लेखेकी छिन् ।












Discussion about this post