इटहरी : सुनसरी जिल्लामा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या ५ सय नाघेको छ । स्वास्थ्य कार्यालय सुनसरीका अनुसार जिल्लामा कुल सङ्क्रमितको सङ्ख्या ५ सय १२ पुगेको छ ।
स्वास्थ्य कार्यालय सुनसरीका कोरोना फोकल पर्सन मनिस सुवेदीका अनुसार १९ गते साँझसम्म प्राप्त विवरण अनुसार जिल्लाको कुल सङ्क्रमित ५ सय नाघेको हो । जिल्लामा सङ्क्रमणका कारण हालसम्म ९ जनाले ज्यान गुमाएका छन् ।
जिल्ला प्रशासन कार्यालय सुनसरीले सङ्क्रमितको सङ्ख्या बढ्दै गएकाले निधेषाज्ञामा कडाइ गर्ने सङ्केत दिएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले आवश्यक्ता अनुरुप निषेधाज्ञा उपर पुनर्विचार गरिने बताए ।
सुनसरी प्रशासनले सक्रिय सङ्क्रमित २ सय ५० पुग्दा जिल्लाभर लागू हुने गरी निषेधाज्ञा जारी गरेको थियो ।












Discussion about this post