इटहरी : सुनसरी जिल्लामा पछिल्लो २४ घण्टामा थप ८० जनामा कोरोना सङ्क्रमण देखिएको छ ।
ती मध्ये सबैभन्दा धेरै इटहरी उपमहानगरपालिकामा संक्रमण देखिएको छ ।
इटहरीमा ४२, धरान उपमहानगरपालिकामा २७, इनरुवा नगरपालिकामा २, दुहबीमा ३, हरिनगर गाउँपालिकामा १, देवानगंजमा ४ र बर्जुमा १ जनामा सङ्क्रमण देखिएको छ ।
सुनसरीमा हालसम्म मृत्यु भएका जम्मा १३ जना रहेको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ । जिल्लामा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या १०५४ पुगेको छ । १५२ जना निको भएका छन् ।
जिल्लामा एन्टिजेनबाट परीक्षण गराएका १५२ जना सङ्क्रमितको तथ्याङ्क छ भने पीसीआर परीक्षणबाट सङ्क्रमित देखिएका १०७१ जना छन् ।
जिल्लाभरको हालसम्मको तथ्याङ्क













Discussion about this post