धनकुटा : धनकुटाको महालक्ष्मी नगरपालिका २ हिलेखर्क बस्ने ५७ बर्षीया टंक माया पुलामीको रुखको हाँगाले लागेर मृत्यु भएको छ ।
हिजो दिउसो आफ्नै बारीमा घाँस काटीरहेको अबस्थामा उनकै बैनी १५ वर्षीया कमला गुरुङले रुख ढाल्दा हाँगाले लागेर गम्भिर घाईते भएकी टंकमायाको सैनिक अस्पताल इटहरीमा उपचारको क्रममा बेलुका मृत्यु भएको थियो ।
घटनाको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय धनकुटाले थप अनुसन्धान गरिरहेको जनाएको छ ।













Discussion about this post