धनकुटा : धनकुटामा सबै विद्यालय सञ्चालनमा आएका छन् । ६ महिनादेखि बन्द सरकारी तथा निजी विद्यालय सोमबारदेखि सञ्चालनमा आएका हुन् ।
स्वास्थ्य सावधानीका विधि अपनाउँदै विद्यालय सञ्चालनको अनुमति दिइएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पन्थीले जानकारी दिए ।
जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले निर्णय गरेर जिल्लाभरका विद्यालय सञ्चालनको अनुमति दिइएको उनले बताए । असोज १ देखि विद्यालय सञ्चालन गरिने भनिए पनि लगातारको सार्वजनिक बिदाका कारण सोमवारदेखि मात्र खुलेका हुन् ।













Discussion about this post