इटहरी : प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३२० जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार मोरङमा ९३, झापामा ७९, सुनसरीमा ४८, पाँचथरमा २, धनकुटा, संखुवासभा र तेहृथुममा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको हो ।
मोरङको विराटनगरमा ५२, पथरीशनिश्चरेमा १५, बेलबारीमा ८, रतुवामाई र लेटाङमा ५–५, सुन्दरहरैचामा ३, सुनबर्षी, उर्लाबारी, मिक्लाजुङ, धनपालथान र कटहरीमा १–१, झापाको विर्तामोडमा २०, दमकमा १७, कनकाईमा १०, शिवसताक्षी र अर्जुनधारामा ८–८, भद्रपुरमा ६, मेचीनगरमा ५, बुद्धशान्तिमा ४, झापा गाउँपालिकामा १, सुनसरीको इटहरीमा २८, धरानमा १८, रामधुनी र इनरुवामा १–१, धनकुटाको पाख्रिबास, संखुवासभाको चैनपुर र तेहृथुमको म्याङलुङमा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा आज १७४ जना संक्रमणमुक्त भएका छन् । भने ४ जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।














Discussion about this post