इटहरी : नेपालमा पछिल्लो २४ घण्टामा थप १,४७८ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यही अवधिमा संक्रमणबाट ६ जनाको मृत्यु भएको छ भने १ हजार ६३० जना निको भएका छन् ।
बुधबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ८७ हजार ८२८ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ५९ पुगेको छ भने ७ लाख ५५ हजार ६३० जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या २१ हजार १३९ जना रहेका छन् ।














Discussion about this post