इटहरी : नेपालमा पछिल्लो २४ घण्टामा थप १,४७६ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यही अवधिमा संक्रमणबाट ९ जनाको मृत्यु भएको छ भने १ हजार ५५० जना निको भएका छन् ।
शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ८९ हजार ८७२ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ८१ पुगेको छ भने ७ लाख ५८ हजार ५०४ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या २० हजार २८७ जना रहेका छन् ।














Discussion about this post