इटहरी : प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३२४ जनामा कोरोना संक्रमण देखिएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार थपिएका संक्रमितमध्ये झापाको कनकाईमा १४, बिर्तामोडमा १२, भद्रपुरमा ११, दमकमा ९, मेचीनगरमा ८, शिवसताक्षी र बुद्धशान्तिमा ५–५, अर्जुनधारामा ३, कमल गाउँपालिका र झापा गाउँपालिकामा २–२, गौरादह र हल्दिबारीमा १–१ जना छन् ।
यस्तै, सुनसरीको इटहरीमा ४०, धरानमा १६, इनरुवा र रामधुनीमा ३–३, बराहक्षेत्र, हरिनगर, दुहवी र गढीमा १–१ जनामा संक्रमण देखिएको छ ।
त्यस्तै, मोरङको विराटनगरमा ४२, सुन्दरहरैँचामा ७, बेलबारीमा ४, उर्लाबारीमा २, रंगेली, लेटाङ र बुढीगंगामा १–१, इलामको सूर्योदयमा ४, इलाम नगरपालिकामा २, मांसेबुङ र चुलाचुलीमा १–१, धनकुटाको महालक्ष्मी र पाख्रीबासमा १–१, ओखलढुङ्गाको सुनकोशी र उदयपुरको त्रियुगामा १–१ र प्रदेश १ बाहिरका २ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा आज २५६ जना कोरोना संक्रमणमुक्त भएका छन् भने संक्रमणबाट २ पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।














Discussion about this post