इटहरी : नेपालमा पछिल्लो २४ घण्टामा थप १,१५८ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यही अवधिमा संक्रमणबाट १२ जनाको मृत्यु भएको छ भने १ हजार ३१८ जना निको भएका छन् ।
मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ९३ हजार २७१ पुगेको छ ।
योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ११५ पुगेको छ भने ७ लाख ६३ हजार ७३४ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ४२२ जना रहेका छन् ।














Discussion about this post