इटहरी : नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ७८ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यही अवधिमा संक्रमणबाट १२ जनाको मृत्यु भएको छ भने ९११ जना निको भएका छन् ।
नयाँ थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख ८६ हजार ६१४ पुगेको छ । जसमध्ये हालसम्म ७ लाख ६५ हजार ७५८ जना संक्रमणमुक्त भएका छन् भने ११ हजार १३५ जनाको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार हाल देशभर रहेका सक्रिय संक्रमितमध्ये १६ हजार ८०२ जना होम आइसोलेसनमा रहेका छन् ।
यस्तै, संस्थागत आइसोलेसनमा १ हजार ३६६ जना रहेका छन् । कोरोनाका बिरामीमध्ये ३५३ जनाको आईसीयू र ११७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।














Discussion about this post