इटहरी : प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ३०३ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार मोरङमा ७३, झापामा ६२, सोलुखुम्वुमा ५०, सुनसरीमा ३९, धनकुटामा २, पाँचथर र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको छ ।
मोरङको विराटनगरमा ५०, बेलबारीमा १३, बुढीगंगा र सुन्दरहरैचामा ३–३, रतुवामाई, लेटाङ, उर्लाबारी र पथरीशनिश्चरेमा १–१ जनामा संक्रमण देखिएको हो । झापाको विर्तामोडमा १४, मेचीनगरमा ११, दमकमा १०, भद्रपुर र अर्जुनधारामा ६–६, कनकाईमा ५, शिवसताक्षी र कमल गाउँपालिकामा ३–३, हल्दिबारीमा २, बुद्धशान्ति र बाहृदशीमा १–१ जना संक्रमित भएका छन् ।
यसैगरि, सोलुखुम्वुको महाकुलुङमा ५०, सुनसरीको इटहरीमा २७, इनरुवामा ४, धरानमा ३, रामधुनी र बराहक्षेत्रमा २–२, गढीमा १, धनकुटाको धनकुटा नगरपालिका र महालक्ष्मीमा १–१, पाँचथरको फिदिम र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा पछिल्लो २४ घण्टामा २५९ जना कोरोना संक्रमणमुक्त भएका छन्, भने संक्रमणबाट ६ जना पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।














Discussion about this post