इटहरी : प्रदेश १ मा गएको २४ घण्टामा थप १६८ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार झापामा ६९, मोरङमा ४६, सुनसरीमा २०, इलाममा ५, उदयपुरमा ३, धनकुटामा १ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको हो ।
झापाको विर्तामोडमा १५, मेचीनगर र बुद्धशान्तिमा १०–१०, भद्रपुरमा ७, अर्जुनधारा र दमकमा ६–६, कनकाईमा ५, कमल गाउँपालिकामा ४, हल्दिबारीमा ३, गौरादह, कचनकवल र झापा गाउँपालिकामा १–१ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै, मोरङको विराटनगरमा ३३, रतुवामाई र सुन्दरहरैचामा ४–४, रंगेलीमा २, बुढीगंगा, उर्लाबारी र मिक्लाजुङमा १–१ जनामा संक्रमण देखिएको छ भने सुनसरीको इटहरीमा ११, धरानमा ३, गढी र इनरुवामा २–२, बराहक्षेत्र र दुहवीमा १–१, इलामको चुलाचुलीमा ३, इलाम नगरपालिका र मांसेबुङमा १–१, उदयपुरको त्रियुगा, चौदण्डीगढी र बेलकामा १–१, धनकुटाको पाख्रिबासमा १ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३२० जना कोरोना संक्रमणमुक्त भएका छन् । भने कोरोना संक्रमणबाट ४ पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।














Discussion about this post