इटहरी : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शनिबार (भोलि) इटहरी आउने भएका छन् ।
एमाले इटहरीले आज एक पत्रकार सम्मेलन गरी ओली इटहरी आउने र कार्यक्रमको तयारी पूरा भएको जनाएको छ । एमाले इटहरी उपमहानगर समिति अध्यक्ष याम सुब्बाले नेकपा एमालेको ऐतिहासिक विधान महाधिवेशन पछि अध्यक्ष ओलीको पहिलो कार्यक्रम भएकाले दुवै कार्यक्रम महत्वपूर्ण रहेको बताए ।
अनुसार ओलीले बिहान साढे ११ बजे इटहरी २ मा एमालेका पूराना अग्रज मजदुर नेता ओम कोइरालाको नागरिक अभिनन्दन कार्यक्रममा सहभागी हुनेछन् ।
ओम कोइराला नागरिक अभिनन्दन समितिद्धारा अग्रज मजदुर नेता कोइरालाको भब्य अभिनन्दन कार्यक्रम आयोजना गरेको छ । त्यहाँ नेकपा एमाले इटहरीले पनि नेता कोइरालालाई सम्मान गर्ने कार्यक्रम रहेको पत्रकार सम्मेलनमा अध्यक्ष सुब्बाले जानकारी दिए ।
कार्यक्रममा मजदुर नेता कोइरालाका तीन वटा पुस्तकको लोर्कापण समेत गरिने छ ।
सो कार्यक्रमपछि दिउँसो १ बजे ठूलो जनता स्कुलको खेल मैदानमा ओलीले सुनसरीका कार्यकर्तालाई सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।














Discussion about this post