इटहरी (डेस्क) : सामाजिक सञ्जाल फेसबुक आईडी ह्याक गरी ठगी गर्ने मोरङका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
विभिन्न व्यक्तिहरूको फेसबुक आईडी ह्याक गरी ठगीमा संलग्न भएको आरोपमा प्रहरीले ती युवालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा मोरङ पथरी शनिश्चरे नगरपालिका वडा नं. १० मंगलबारे घर भइ हाल भक्तपुर गठ्ठाघर बस्ने किरण पाठक रहेका छन् ।
ठगीसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कारबाही गर्न पाठकलाई नियन्त्रणमा लिइएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार उनले विभिन्न व्यक्तिको फेसबुक अकाउन्ट ह्याक गरी ती आईडीमा भएका साथीहरूसँग नक्कली व्यक्ति बन्दै अर्जेन्ट समस्या परेको देखाई पैसा पठाउन लगाएर ठगी गरेको खुलेको छ ।
पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post