सोलु : सोलुखुम्बु खुम्बु पासाङल्हामु गाऊपालिका ४ खुम्जुङ बस्ने पासाङल्हामु शेर्पाको ८ वर्षीया सोनाम छुटिन शेर्पाको घोडाबाट लडेर मृत्यु भएको छ भने उनिसगै सवार रहेकी अर्की बालिका ९ वर्षीया मिङमा कान्छी शेर्पा समेत सामान्य घाईते भएकी छन् ।
आज बिहान उनिहरु मामाको घोडामा चढेर जादै गर्दा खुम्बु पासाङल्हामु गाऊपालिका ३ लासे दोभान स्थितमा हिउमा चिम्लिएर घोडा लड्दा उनिहरु समेत लडेर घाईते भएका थिए ।
घाईते मध्ये सोनामको उपचारको लागी लैजादै गर्दा दिउसो नै बाटोमा मृत्यु भएको छ ।
घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय नाम्चेबाट प्रहरी टोली गएर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post