सोलुखुम्बु : सोलुखुम्बुको लिखुपिके गाउँपालिका ५ मा सवारी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा गोरखाको सौरापानीका ३० वर्षीय अर्जुन थवाली मगर रहेका छन् ।
शुक्रबार (आज) बिहानको राति २ बजेको समयमा लिखुपिके ५ बाट एम डि दुगढ हाईड्रो पावरतर्फ जाँदै गरेको प्रदेश ३–०१–००३ क ६२८९ नम्बरको मिक्सचर (गिटी बालुवा घोल्ने) गाडी अनियन्त्रित भइ सडकबाट १०० मिटर तल झरेर दुर्घटना हुँदा चालक थवालीको घटना स्थलमै मृत्यु भएको हो ।
घटनाबारे जिल्ला प्रहरी कार्यालय सोलुबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post