इटहरी : नामकरण नगरी प्रदेश १ को हिउँदे अधिवेशन सकिएको छ ।
आज (आइतबार) प्रदेश नंं. १ मन्त्रीपरिषद्को बैठकले प्रदे सभाको चालू हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो ।
यअसघि मुख्यमन्त्री राजेन्द्रकुमार राईले हिउँदे अधिवेशनमा नामकरण टुङ्गो लगाउने बताउँदै आएका थिए ।
तर, आइतबारको बैठकका निर्णयबारे जानकारी दिदैँ यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरेले प्रदेशसभाको चालू हिउँदे अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखको कार्यालयमा पत्र पठाउने निर्णय भएको बताए ।
प्रदेश नं. १ मन्त्रीपरिषद्को सिफारिस बमोजिम प्रदेश प्रमुख परशुराम खापुङ्गले नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम आइतबार राति १२ बजेदेखि प्रदेशसभाको नवौं तथा चालू हिउँदे अधिवेशन अन्त्य गर्नेछन् ।














Discussion about this post