सोलुखुम्बु : सोलुखुम्बुको पर्यटकीय क्षेत्र खुम्बुमा एक ट्रेकिङ गाइड मृत भेटिएका छन् ।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायव उपरीक्षक सुनिलजंग शाहका अनुसार पर्यटकको साथमा वेयून ट्रेकिङ कम्पनीबाट सगरमाथा क्षेत्र पुगेका माप्य दूधकोसी गाउँपालिका वाकुका अन्दाजी ३६ वर्षका तिङमा तेन्जी शेर्पा मृत भेटिएका हुन् ।
उनी ५९ सय मिटरको उचाइमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
शेर्पाको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल फाप्लु ल्याइने तयारी भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post