ताप्लेजुङ : मालपोत कार्यालय ताप्लेजुङका मालपोत अधिकृत लेखा पनेरु महत एक लाख ५० हजार घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उनलाई घुससहित रङ्गेहात पक्राउ गरेको हो ।
अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार जग्गा दर्ता गर्ने सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा फुङलिङ नगरपालिका वडा नं. ४, कोप्चेबाट उनलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।














Discussion about this post