तरहरा : इटहरी २० तरहरामा जितिया पर्वको अवसर पारेर थारु परिकार प्रदर्शन गरिएको छ ।
थारु समाज इटहरी २० को आयोजना तथा इटहरी उपमहानगरपालिकाको सहआयोजनामा शुक्रबार (आज) एक दिवसीय जितिया महोत्सव कार्यक्रमको आयोजना गरी थारु परिकार प्रदर्शन गरिएको हो ।
कार्यक्रम संयोजक आशिष चौधरीका अनुसार थारुका परिकारलाई प्रवद्र्वन गर्ने उदेश्यले उक्त कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा इटहरी १९ का वडाध्यक्ष श्रीनारायण चौधरी प्रमुख अतिथि थिए ।
कार्यक्रममा थारु जातिले पकाएको माछा, बगिया, घुङ्गी, गंगटा, झुना, सिद्रा माछा जस्ता परिकार प्रदर्शन गरिएको थियो ।
हरेक वर्ष असोज २ गते मनाउँदै आइएको जितिया पर्व विवाहित महिलाहरूले पति र दाजुभाइको आयुको लागि व्रत बस्ने गरेका छन् ।
यस्तै, अविवाहितहरूले भने दाजुभाइ र सज्जन पति पाउनका लागि व्रत बस्ने परम्परा रहेको छ ।














Discussion about this post