इटहरी : आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका लागि सुनसरीका तीन ठाउँमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
निर्वाचन आयोगले असोज ११ र १२ गते नै निर्वाचन अधिकृतहरूलाई दुईदिने तालिमको आयोजना गरी बिहीबारबाट निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्दै निर्वाचन लक्षित कार्यक्रमहरु शुरु गरेको हो ।
सुनसरीका ४ वटै निर्वाचन क्षेत्रका लागि निर्वाचन अधिकृतको कार्यालयहरू स्थापना गरिएको छ ।
क्षेत्र नम्बर १ को निर्वाचन अधिकृतको कार्यालय धरानमा स्थापना गरिएको छ भने क्षेत्र नम्बर २ र ४ को निर्वाचन अधिकृतको कार्यालय जिल्ला सदरमुकाम इनरुवामा र मुख्य निर्वाचन अधिकृतको कार्यालय समेत इनरुवमा स्थापना गरिएको छ ।
यस्तै, क्षेत्र नम्बर ३ को निर्वाचन अधिकृतको कार्यालय दुहबीमा स्थापना गरिएको छ ।














Discussion about this post