Wednesday, June 10, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home निर्वाचन

प्रदेश १ मा माओवादी केन्द्रका यी हुन् २६ उम्मेदवार

१३ अनुहार नयाँ, १३ पुरानै

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
अशोज २४, २०७९
in निर्वाचन, समाचार
0
प्रदेश १ मा माओवादी केन्द्रका यी हुन् २६ उम्मेदवार
193
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : प्रदेश १ का २८ प्रतिनिधिसभा र ५६ प्रदेशसभा निर्वाचन क्षेत्रमा नेकपा माओवादी केन्द्रले गठबन्धनबाट २६ जना उम्मेदवार पाएको छ ।

आगामी मंसिर ४ गते हुने निर्वाचनमा माओवादी केन्द्रबाट प्रतिनिधिसभामा ७ र प्रदेशसभाका १९ निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता भएको हो ।

प्रतिनिधिसभातर्फ माओवादीले ताप्लेजुङमा खेलप्रसाद बुढाक्षेत्रीलाई उम्मेदवार बनाएको छ । नेकपा एमालेका सचिव योगेश भट्टराईसँग मैदानमा उत्रने उनी माओवादीका केन्द्रीय सदस्य हुन् ।

माओवादीले झापा २ मा एमाले छाडेर माओवादी केन्द्रमा प्रवेश गरेका हरिकुमार रानालाई उम्मेदवार बनाएको छ । सो क्षेत्रमा एमालेले पार्टीका प्रदेश इञ्चार्ज देवराज घिमिरेलाई उम्मेदवार बनाएको छ । राना अर्जुनधारा नगरपालिकाका पूर्वमेयर हुन् ।

यस्तै, मोरङको क्षेत्र नं. ४ मा अमनलाल मोदी र ५ मा शिवकुमार मण्डल उम्मेदवार बनेका छन् ।

उनीहरु दुवै यसअघिको निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका थिए । मोरङ क्षेत्र नं. ४ मा एमाले र जसपाको गठबन्धनबाट एमालेका विनोद ढकाल र क्षेत्र नं. ५ मा जसपाका राजकुमार यादव उम्मेदवार बनेका छन् । मोदी र मण्डलका लागि संसदीय निर्वाचन पुरानै खेल हो भने प्रतिस्पर्धी उम्मेदवारमध्ये यादवका लागि नयाँ हो ।

यता, सुनसरीको क्षेत्र नम्बर १ मा माओवादीले मुक्साहाङ मेन्याङ्बोलाई उम्मेदवार बनाएको छ । सो क्षेत्रमा एमाले र जसपाको गठबन्धनबाट अशोक राईले उम्मेदवारी दिएका छन् ।

भोजपुरमा माओवादीले निवर्तमान सांसद सुदन किरातीलाई उम्मेदवार बनाएको छ ।

उनीसँग नेकपा एमालेको तर्फबाट पूर्वमुख्यमन्त्री शेरधन राईले उम्मेदवारी दर्ता गरेका छन् । स्थानीयस्तरमा लोकप्रिय र चिरपरिचित प्रतिस्पर्धी उनका लागि सहज बन्नसक्छ । यद्यपि, शेरधन राई एमालेका लोकप्रिय नेता हुन् भने भोजपुरमा एमालेको संगठन बलियो रहेको छ ।

खोटाङमा माओवादीले प्रदेशका बहालवाला मन्त्री रामकुमार राईलाई उम्मेदवार बनाएको छ । सो क्षेत्रमा एमालेका विशाल भट्टराई उम्मेदवार बनेका छन् । यस्तै, माओवादीको भागमा परेको भनिएको सोलुखुम्बु भने प्रदेशसभाको दुवै क्षेत्र लिएर प्रतिनिधिसभामा कांग्रेसका बलबहादुर केसीलाई दिएको छ ।

यस्तै, ५६ वटा प्रदेश निर्वाचन क्षेत्रमध्ये माओवादीको भागमा १९ वटा परेको छ । पाँचथरको २ बाट प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो उम्मेदवार बनेका छन् भने इलामको २ (ख) बाट हर्क लावती उम्मेदवार बनेका छन् । लावती नयाँ अनुहार हुन् ।

झापा ३ (क) बाट श्यामबीर लिम्बू, ३ (ख) बाट निवर्तमान सांसद पूर्णसिंह राजवंशी, झापा ४ (क) बाट प्रदेश सरकारका कृषिमन्त्री झलकसिंह दर्लामी, झापा ५ (ख) बाट पार्टीका प्रदेश कोषाध्यक्ष रेवतबहादुर पुरी (गगन) उम्मेदवार बनेका छन् ।

यसैगरी मोरङ १ (क) बाट निवर्तमान प्रदेश सांसद कुलप्रसाद साम्बा, मोरङ २ (क) बाट पार्टीका प्रदेश सचिव गणेश उप्रेती, मोरङ ६ (क) बाट केन्द्रीय सदस्य जीवन आचार्यले उम्मेदवारी दिएका छन् ।

सुनसरी २ (क) बाट हालै एमाले छाडेर माओवादीमा प्रवेश गरेका इटहरीका निवर्तमान मेयर द्वारिकलाल चौधरीले उम्मेदवारी दर्ता गरेका छन् भने सुनसरी ३ (१) बाट प्रदेशकी उपसभामुख सरस्वती पोखरेलको उम्मेदवारी दर्ता भएको छ ।

धनकुटा १ (ख) बाट कुशुमकुमारी श्रेष्ठ र तेह्रथुम १ (ख) बाट दुर्गा चापागाई उम्मेदवार बनेका छन् । श्रेष्ठ निवर्तमान सांसद हुन् भने चापागाई पार्टीका केन्द्रीय सदस्य हुन् ।

यसैगरी संखुवासभाबाट राजेन्द्र कार्की, सोलुखुम्बुको (क) बाट कज्र्याङ शेर्पा, सोलुखुम्बुको (ख) बाट शिवबहादुर बस्नेत, उदपयुरको १ (क) बाट नारायण बुर्जा मगर र उदयपुर २ (क) बाट राजन किराती उम्मेदवार बनेका छन् । ओखलढुंगा (क) मा बाबुराम गौतमलाई माओवादीले उम्मेदवार बनाएको छ ।

Tags: #प्रदेश १निर्वाचनमाओवादी केन्द्र
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

मिक्लाजुङमा कविताको वर्षा
FEATURE BREAKING

मिक्लाजुङमा कविताको वर्षा

by टाकुरा न्यूज । इटहरी
जेष्ठ २७, २०८३
0

मेरो माया मफलर भए बाँधिहिड्थेँ गलामा ! कैलेकाहीँ त मन नहुँदा टाँगिहिड्थेँ किलामा !  करिब ६५ वर्षअघि, अयामेली कवि बैरागी...

विराटनगर विमानस्थल : नयाँ टर्मिनल भवन निर्माणको भौतिक प्रगति ४७ प्रतिशत
FEATURE BREAKING

विराटनगर विमानस्थलमा ‘उडान अघि ठगी’ रोक्न प्रशासनको एक्सन, यी चार व्यवसायीलाई तिराइयो १२ लाख जरिवाना

by टाकुरा न्यूज । इटहरी
जेष्ठ २६, २०८३
0

विराटनगर : विराटनगर विमानस्थल परिसरभित्र यात्रुहरूबाट अत्यधिक मूल्य असुल्ने प्रवृत्ति बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय मोरङले छड्के अनुगमनमार्फत कडा कारबाही गरेको...

इटहरीका एक युवक ताप्लेजुङमा मृत भेटिए, हत्या आशंकामा १२ जना पक्राउ

मोरङको लेटाङमा मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु, तीन जना घाइते

जेष्ठ २६, २०८३
‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

सुनसरी, मोरङ र झापाबाट लागूऔषधसहित तीन जना पक्राउ

जेष्ठ २६, २०८३
तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरणको तयारी 

तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरणको तयारी 

जेष्ठ २६, २०८३
भोजपुरमा ‘रुद्राक्ष पकेट क्षेत्र’का रूपमा विकास गर्ने योजना

भोजपुरमा ‘रुद्राक्ष पकेट क्षेत्र’का रूपमा विकास गर्ने योजना

जेष्ठ २६, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

मिक्लाजुङमा कविताको वर्षा

मिक्लाजुङमा कविताको वर्षा

जेष्ठ २७, २०८३
विराटनगर विमानस्थल : नयाँ टर्मिनल भवन निर्माणको भौतिक प्रगति ४७ प्रतिशत

विराटनगर विमानस्थलमा ‘उडान अघि ठगी’ रोक्न प्रशासनको एक्सन, यी चार व्यवसायीलाई तिराइयो १२ लाख जरिवाना

जेष्ठ २६, २०८३
इटहरीका एक युवक ताप्लेजुङमा मृत भेटिए, हत्या आशंकामा १२ जना पक्राउ

मोरङको लेटाङमा मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु, तीन जना घाइते

जेष्ठ २६, २०८३
‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

सुनसरी, मोरङ र झापाबाट लागूऔषधसहित तीन जना पक्राउ

जेष्ठ २६, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1504 shares
    Share 602 Tweet 376
  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1426 shares
    Share 570 Tweet 357
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    904 shares
    Share 362 Tweet 226
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    614 shares
    Share 246 Tweet 154
  • ब्राउनसुगर : इटहरीकी एक युवतीसहित तीन जना प्रहरी नियन्त्रणमा 

    391 shares
    Share 156 Tweet 98

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.