धरान : धरान उपमहानगरपालिकाले मंगलबार (भोलि) सार्वजनिक विदा दिएको छ ।
हिन्दु धर्मावलम्बीहरूको पर्व कार्तिके पूर्णिमा अर्थात बराहक्षेत्र मेलाको अवसरमा सार्वजकि विदा दिने निर्णय भएको उपमहानगरपालिकाले जनाएको छ ।
प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले एक सूचना जारी गर्दै नगरकार्यपालिका मातहतका वडा कार्यालयहरू, स्वास्थ्य कार्यालयहरू, अत्यावश्यक सेवा बाहेक र विद्यालयसमेत विदा दिइएको जानकारी दिएका छन् ।
यसैगरी, धरानका कलेजहरूलाई समेत विदा दिन उपमहानगरपालिकाले अनुरोध गरेको छ ।














Discussion about this post