विराटनगर : विराटनगरमा सञ्चालनमा रहेका स्पा (मसाज)सेन्टरहरूमा प्रहरीले छापा मारेको छ ।
शनिवार गरिएको अपरेसनमा विराटनगर महानगरपालिका–१३, १४ र १५ को विभिन्न स्थानमा सञ्चालित स्पाहरूमा छापा मारेको हो ।
दर्जन बढी स्पा सेन्टरहरूमा एकैपटक छापा मार्दा ठूलो संख्यामा युवती र ग्राहक नियन्त्रणमा परेका छन्।
प्रहरीका अनुसार स्पा मा प्रहरीले शंकास्पद अवस्थामा रहेका ४७ जनालाई नियन्त्रणमा लिएको थियो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक कवित कटुवालका अनुसार पक्राउ परेकाहरूको विवरण संकलन भइरहेको छ।
सोही क्रममा विराटनगर–१४ स्थित ‘किपु स्पा’ले कानुनी मापदण्ड पूरा नगरेको पाइएपछि सञ्चालकद्वय सुनसरीको बर्जु गाउँपालिका–१ की ३० वर्षीया निलमदेवी शर्मा र भारतको पटना जिल्ला दानापुर थाना घर भएका ४० वर्षीय राजकुमार चन्द्रवंशीलाई पक्राउ गरेको छ ।
प्रहरी स्रोतका अनुसार केही स्पा सेन्टरहरू ‘सेवा’को आवरणमा अवैध यौन गतिविधि सञ्चालन गरिरहेको आशंकामा थिए।
भारतसँगको खुला सीमा, विशेषतः जोगबनी नाकाको सहज आवतजावतले यस्तो गतिविधिमा सीमापार सञ्जाल सक्रिय हुनसक्ने संकेत पनि देखिएको छ।
पक्राउ परेकामध्ये केही भारतीय नागरिक रहेको प्रारम्भिक जानकारीले यो शंकालाई थप बल पुर्याएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।














Discussion about this post