विराटनगर : विराटनगर १४ मा रहेको एस्पायर कलेजमा इम्प्रोम्टु इभेन्ट सम्पन्न भएको छ ।
यसै वर्षदेखि काठमाण्डौं विश्वविद्यालयको साझेदारी कार्यक्रमका रूपमा सञ्चालित एस्पायर कलेजमा शुक्रबार (आज) विद्यार्थीहरूमाझ इम्प्रोम्टु इभेन्ट कार्यक्रम गरिएको हो ।
कार्यक्रममा ४४ जना विद्यार्थीहरू सहभागी थिए । स्थापनाको पहिलो वर्षमा नै विश्वविद्यालयले प्रदान गरेको कोटाअनुसार विद्यार्थी भर्ना गरेर कक्षा शुरु भएको एस्पायर कलेजमा बि.टेक.एड.आईटी र होटल मेनेजमेण्ट सम्बन्धि बी.पी.एच. कार्यक्रमहरू सञ्चालनमा छन् ।
विश्व बजारमा मिल्ने कोर्ष भएको हुँदा विद्यार्थीहरूमा काठमाण्डौँ विश्वविद्यालयप्रति आकर्षण बढ्दै गएको र एस्पायर कलेजमा विद्यार्थीको शिक्षण सिकाइका निमित्त सम्पूर्ण पूर्वाधारको व्यवस्था भएकाले आगामी दिनमा विश्वविद्यालयका अन्य कार्यक्रमहरू पनि सञ्चालन गर्ने कलेजका अध्यक्ष विकास अधिकारीले जानकारी दिए ।
कार्यक्रममा बोल्दै कलेजका प्रमुख सि.एम.बस्नेतले विद्यार्थीहरूको सार्वङ्गीण विकासका लागि कुनै कसर बाँकी नराख्ने र सीप संस्कार र प्रविधिमैत्री विश्व बजारमा खपत हुने दक्ष जनशक्ति उत्पादन गर्ने बताए ।
काठमाण्डौं विश्वविद्यालय नेपालको प्रथम श्रेणीमा पर्ने विश्वविद्यालय भएको र यस विश्वविद्यालयमा कुनै प्रकारको राजनीतिक हस्तक्षेप नभइ विद्यार्थीको सीप र सिकाइलाई प्राथमिकता दिइने उनले बताए ।
कार्यक्रममा बी.टेक.एड.आईटीका संयोजक खेमनाथ खतिवडा र बी.पी.एच.संयोजक शुभम भट्टराईले विद्यार्थीहरूलाई शुभकामना दिएका थिए ।
कलेजमा सम्पन्न भएको इम्प्रोम्टु इभेन्टमा प्रथम, द्धितीय र तृतीय स्थान हाँसिल गर्न सफल क्रमशः सुशान्त नेपाल, पृथ्वीराज साह र तुसार गणेशलाई पुरष्कृत समेत गरिएको थियो ।













Discussion about this post