इटहरी : कोशी प्रदेश सरकारले आइतबार बसेको १९औं मन्त्रिपरिषद् बैठकबाट स्वास्थ्य, पूर्वाधार, पर्यटन र यातायातसहितका ६ वटा निर्णय गरेको छ।
सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीका अनुसार बैठकले आन्दोलनका कारण बन्द रहेका यातायात कार्यालयहरूका कागजातमा जरिवाना मिनाहा गर्ने निर्णय गरेको छ।
यातायात व्यवस्था कार्यालय इटहरी र बिर्तामोडका सर्भर पुनःस्थापना भएपछि ड्राइभिङ लाइसेन्स वितरणसहितका सेवा पुनःसञ्चालन गरिनेछ।
बैठकले शैलजा आचार्य प्रादेशिक अस्पताल सञ्चालन कानुनी ढाँचा तयार गर्न र हृदयरोग केन्द्र कार्यविधि स्वीकृत गर्ने निर्णय पनि गरेको छ।
भौतिक पूर्वाधार मन्त्रालयलाई आन्दोलनका क्रममा क्षति भएका संरचनाहरू मर्मत–पुनर्निर्माण गर्न निर्देशन दिइएको छ।
साथै, आगजनीबाट जलेका वा नष्ट भएका सामग्री कानुनी प्रक्रिया अनुसार मिनाहा र मर्मत गर्न सकिने सवारी साधन पुनःप्रयोगमा ल्याउने व्यवस्था गरिएको छ।













Discussion about this post