Saturday, October 31, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

लिम्बू समुदायहरूको पर्व चासोक तङनाम मनाउन सुरु

रासस by रासस
मंसिर १, २०८२
in विविध, समाचार
0
लिम्बू समुदायहरूको पर्व चासोक तङनाम मनाउन सुरु
63
SHARES
Share on FacebookShare on Twitter

फुङ्लिङ : नयाँ उत्पादन भएको अन्नबालीको पूजा गर्न यहाँका लिम्बू समुदायहरूले चासोक तङनाम पर्व मनाउन सुरु गरेका छन् ।

लिम्बू समुदायका विभिन्न संस्थाहरूले समय अनकुल मिलाएर मङ्सिर अन्तिम सातासम्म चासोक चङनामको अवसरमा कार्यक्रम गर्ने गर्दछ ।

किसानहरूले अन्नबाली घर भित्र्याएसँगै धिसोक चासोक (पाकेका अन्नबाट पहिले न्वागी) कुल देवतालाई चढाउने कार्यलाई लिम्बू समुदायहरूले चासोक भन्ने गर्दछ ।

लिम्बू जातीले खेतीपाती गरेको अन्नबाली घर भित्र्याएपछि अन्नको विभिन्न परिकार बनाएर पहिलो चोटि आफ्नो कूल देवतालाई चढाउने परम्परा रहीआएको छ । किराँत समुदायले अन्नबाली मङ्सिर पूर्णिमा अगाडि नै घर भित्रयाइसकेको हुन्छ ।

सप्रेका (ठूला–ठूला कोदो बाला) धानको बाला टिपेर चोखो पारी जाँड बनाउने गर्दछन् । लिम्बू समुदायका बिजुवा (पुजारी) घर बोलाएर कूल देवतालाई चढाउने गर्दछन् । वर्षमा पाकेको कोदोलाई जाँड बनाएर देवतालाई न्वागी चढाउनुलाई लिम्बू समुदायमा थिसोक भनिन्छ । अन्नको भात पकाएर चढाउनुलाई चासोक भनिन्छ ।

याक्थुङचुम्लुङका जिल्ला अध्यक्ष हाङमाया लेक्षर्बोका अनुसार प्रत्येक घरमा एक वर्ष पहिला पाकेको अन्न कुल देवतालाई चढाएर मात्र आफूलाई अन्नको उपभोग गर्ने गर्दछ ।

लिम्बू समुदाय आफ्नै मौलिक संस्कृति र संस्कार रहेको यो जातिले विभिन्न पेसा र जीवनशैली अपनाउँदै आएका छन् ।

कृषिमा आधारित जीवनशैली अपनाउने यो जाति प्रकृति पूजकका रूपमा पनि रहेका छन् । लिम्बू समुदायका चाडपर्व कृषिमा आधारित छन् । ऋतु परिवर्तन सँगसँगै खेतीपाती र जीवनयापनमा पर्ने असर र फेरबदलमा लिम्बू चाडपर्वका अर्थ जोडिएको लेछर्बोले बताइन् ।

लिम्बू समुदायले महान् चाडको रूपमा मान्दै आएको चाड हो चासोक तङ्नाम । चासोक तङ्नाम (न्वागी) पूजा उँधौली याममा बालीनाली भित्र्याउने बेलामा सम्पन्न गरिन्छ ।

चासोक तङ्नामलाई न्वागी पर्व पनि भनिन्छ । चासोक भन्नाले उब्जाइएको फलाइएको नयाँ अन्नबाली चढाउने पूजा हो भने तङनाम भनेको पर्व (चाड) हो ।

काराँत याक्थुङचुम्लुङ ताप्लेजुङ शाखाका सचिव सरोज कङ्लिवा लिम्बूका अनुसार लिम्बू समुदायका ग्रन्थ मुन्धुममा चासोक पूजाको उत्पत्तिका सम्बन्धमा सविस्तार वर्णन पाइन्छ ।

किराँत याक्थुङ चुम्लुङले २०५९ सालमा प्रकाशित गरेको किराँत चाड एक परिचय पुस्तक अनुसार कृषि युग सुरु हुनुअघि लिम्बूहरूका आदिम पुर्खा (सावा येत्हाङ) ले कन्दमूल काँचै खाएर जीवनयापन गर्थे ।

उनीहरू कुपोषण र अनेक रोगब्याधिको सिकार बन्न भए । यी समस्या समाधानको विकल्प खोजीमा सर्वशक्तिमान् तागेरानिङवाभु माङ (कूल देवता) सँग प्रार्थना गरे ।

यही प्रार्थनाले गर्दा नै उनीहरूले पेना/माङदःक (कोदो), परामा (कोदोसँग उम्रने फल्ने), ताक्मारु (घैया), तुम्री (जुनेलो) आदि बीउ बिजन तागेरानिवाभु माङले उपलब्ध गराइदिए ।

यसरी धान र अन्नका बीउ बिजन पाएपछि लिम्बू जातिको आदिम पूर्खा सावायेहाङका चेली सिबेरा एःक्थुम्माले काठको खन्ती, अङ्कुसे आदिको प्रयोग गरी भस्मे फाँडेर (घोरिया) बीउ बिजन रोपी छरी अन्न फलाउन सुरु गरे ।

यसरी छरपोख गरी उब्जाएर खानुभन्दा अगाडि माङहरू (देवीदेवता) लाई चढाउने प्रचलन बसाले । मनुष्यलाई खेतीपाती सिकाउने देवीका रूपमा येत्हाङका चेला सिबेरा एःक्थुक्मा सिबोरा याभुङगेम्मा हुन् भनी लिम्बू जातिले मान्दछन् ।

यी नै कथनअनुसार माङ (देवता) लाई अन्नबाली पाकेपछि चढाएर मात्र ग्रहण गर्ने परम्परा रहिआएको कङ्लिवा लिम्बूले बताए ।

आफूले उब्जाएको अन्नबाली देवी देवतालाई नचढाई खाएमा बौलाउने, रगत छदाउने, कुञ्जे सापे बनाउने, सोला हान्ने, जिउ सुकेर जाने, गाँड निस्कने, आँखा दुखाउने (अन्धो बनाउने), कान दुखाउने (बहिरा बनाउने) जस्ता भयावह रोगव्याधिले दुःख पाइने लिम्बू जातिमा विश्वास रहिआएको छ ।

पहिला घर–घरमा चासोक थिसोक (न्वागी) पूजा गरी रमाउने लिम्बूहरूले हाल आएर सामूहिक रूपमा यसलाई महान् उत्सवका रूपमा मान्न थालेको पाइन्छ ।

यो पर्वमा खुसीयाली साटासाट गर्ने तथा वर्षभरि भेट नभएका आफन्तजन तथा साथीभाइसँग भेटघाटको अवसरका रूपमा लिने गरेका लिम्बू समुदायको भनाइ छ ।

चासोक तङ्नामको अवसरमा ताप्लेजङलगायत लिम्बू समुदाय बसोबास गर्ने क्षेत्रहरूमा शुभकामना आदान–प्रदान तथा मौलिक गीत–सङ्गीतसहितको सांस्कृतिक कार्यक्रम (यालाङ, केलाङ) धान तथा च्याब्रुङ नाच गरी मनाउने गर्दछन् ।

यसलाई धार्मिक महत्त्व मानिन्छ भने सामाजिक महत्वमा चासोक तङ्नाममा रिस, इष्र्या बिर्सेर आत्मीयताका साथ लिम्बू दाजुभाइ, दिदीबहिनी भेटघाट र शुभकामना आदानप्रदान गर्दछन् ।

पाहुना आउने–जाने, मिठो मसिनो विभिन्न खानपिन बनाइ खाने, सुख–दुःख साटासाट गर्दै खुसीयाली मनाउने, चेलीबेटीबाट हुक्वा, चेसुङ ल्याउने, माइत तथा ससुराली जाने अवसरका रूपमा यस पर्व मान्दै आएका छन् ।

सामूहिक रूपमा भेला भएर केलाङ, यालाङ, नाचेर, पालाम, सांस्कृतिक कार्यक्रम गरेर, साम्लो (गीत) आदि गाएर मनोरञ्जन गर्दछन् । यस्तै परम्परागत खेल पक्लुङ लेप्मा (छेलो हान्ने) खेल खेल्ने गर्दछन् ।

ताप्लेजुङमा किराँत याक्थुङचुम्लुङले आउँदो मङ्सिर १८ गते लिम्बू समुदायहरू भएको क्षेत्रमा सामूहिक चासोक तङनाम पर्व मनाउने तयारी रहेको कङ्लिवा लिम्बूले बताइन् ।

पर्वकै अवसरमा ताप्लेजुङमा विभिन्न खेलकुद प्रतियोगिता, सांस्कृतिक कार्यक्रमहरू हुने भएको छ ।

यता फुङलिङ नगरपालिकाले आज स्थानीय बिदा दिएको छ । लिम्बूहरूको महान पर्व चासोक तङ्नामको पावन अवसरमा स्थानीय बिदा दिएको हो ।

नगरपालिकाले एक विज्ञप्ति जारी गर्दै मिति २०८२ कात्तिक ३० गतेको ७६औँ कार्यपालिका बैठकको निर्णय अनुसार याक्थुङ चुम्लुङ धर्मावलम्बीहरूको महान् चाड चासोक तङ्नामको पावन अवसरमा मिति २०८२ साल मङ्सिर १ गते सोमबारका दिन स्थानीय बिदा दिएको जानकारी गराएको छ ।

Tags: #पर्वचासोक तङ्नाम
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु
समाचार

झापामा ट्रक र मोटरसाइकल ठोक्किँदा दुर्घटना, एकको मृत्यु

by टाकुरा न्यूज । इटहरी
कार्तिक १४, २०८३
0

झापा : पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको कमल गाउँपालिका–५ साबित्रा चोकमा भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ । ट्रक र...

कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान
समाचार

कात्तिक २५ गते कोशीमा सरकारी कामकाजको भाषा ऐन लागू हुँदै

by टाकुरा न्यूज । इटहरी
कार्तिक १३, २०८३
0

विराटनगर : कोशी प्रदेशमा नेपालीबाहेकका भाषालाई पनि सरकारी कामकाजमा प्रयोग गर्ने कानुनी व्यवस्था आगामी कात्तिक २५ गतेदेखि कार्यान्वयनमा आउने भएको...

तिहारका लागि पाँच कट्ठामा सयपत्री फूलखेती

तिहारका लागि पाँच कट्ठामा सयपत्री फूलखेती

कार्तिक १३, २०८३
रामधुनीमा विद्यालय जाने बाटो बन्द, ५ सय विद्यार्थी प्रभावित हुने चिन्ता

रामधुनीमा विद्यालय जाने बाटो बन्द, ५ सय विद्यार्थी प्रभावित हुने चिन्ता

कार्तिक १३, २०८३
जबरजस्ती करणीको आरोपमा दुई वर्षदेखि फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा दुई वर्षदेखि फरार प्रतिवादी पक्राउ

कार्तिक १३, २०८३
फर्किइनन् मर्निङ वाकमा हिँडेकी लक्ष्मीमाया राई, बोलेरोको ठक्करबाट निधन

फर्किइनन् मर्निङ वाकमा हिँडेकी लक्ष्मीमाया राई, बोलेरोको ठक्करबाट निधन

कार्तिक १२, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

झापामा ट्रक र मोटरसाइकल ठोक्किँदा दुर्घटना, एकको मृत्यु

कार्तिक १४, २०८३
पूर्वी नेपालमा नाट्य पर्यटन

पूर्वी नेपालमा नाट्य पर्यटन

कार्तिक १४, २०८३
कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

कात्तिक २५ गते कोशीमा सरकारी कामकाजको भाषा ऐन लागू हुँदै

कार्तिक १३, २०८३
तिहारका लागि पाँच कट्ठामा सयपत्री फूलखेती

तिहारका लागि पाँच कट्ठामा सयपत्री फूलखेती

कार्तिक १३, २०८३



लाेकप्रिय

  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    843 shares
    Share 337 Tweet 211
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    644 shares
    Share 258 Tweet 161
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    513 shares
    Share 205 Tweet 128
  • इटहरी उपमहानगरका इन्जिनियर प्रहरी नियन्त्रणमा

    366 shares
    Share 146 Tweet 92
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    291 shares
    Share 116 Tweet 73

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.