इटहरी : सुनसरीको क्षेत्र नं. १ मा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका माओबादी केन्द्रका मुक्साहाङ मेन्याङ्बोले अग्रता गरेका छन् ।
हालसम्म १२ हजार ५१ मतगणना हुँदाको मत परिणाम अनुसार मेन्याङ्बोले २ हजार ६५२ मत प्राप्त गर्दै अग्रता गरेका हुन् ।
यस्तै, एमालेको साथबाट जसपाका उम्मेदवार अशोक राईले २ हजार १४७ मत प्राप्त गर्दै पछ्याइरहेका छन् ।
यस्तै, रास्वपाकी गोमा तामाङले २ हजार ९ मत प्राप्त गर्दा राप्रपाका अशोक अबिरल राईले १ हजार २७४ मत प्राप्त गरेका छन् ।














Discussion about this post