Wednesday, April 22, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

सप्तकोसीको पानी धरान ल्याउने हर्क साम्पाङको योजनामा बराहक्षेत्रका मेयरको साथ

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
मंसिर २२, २०७९
in समाचार
0
सप्तकोसीको पानी धरान ल्याउने हर्क साम्पाङको योजनामा बराहक्षेत्रका मेयरको साथ
195
SHARES
Share on FacebookShare on Twitter

इटहरी (डेस्क) : सप्तकोसी नदीको पानी धरान ल्याउने विषयमा धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (हर्क साम्पाङ) र बराहक्षेत्र नगरपालिका प्रमुख रमेश कार्कीबीच छलफल भएको छ ।

बराहक्षेत्र नगरपालिकाको कार्यालयमा बुधबार भएको छलफलमा धरान उपमहानगरपालिकाका मेयर राईले बराहक्षेत्रका मेयर कार्कीलाई चतरास्थित सप्तकोसीको पानी धरान ल्याउने विषयमा औपचारिक रूपमा पत्रसहित सहयोगको लागि आग्रह गरेका थिए ।

मेयर कार्कीले धरान उपमहानगरपालिकाको योजनालाई पूर्ण रूपमा सहयोग र सहकार्य गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे ।

औपचारिक रूपमा दुई छिमेकी पालिकाका प्रमुखको तेस्रो पटक भएको भेटमा खानेपानीसहित अन्य विषयमा समेत छलफल भएको बराहक्षेत्र नगरपालिका सूचना अधिकृत पुकार पोखरेलले बताए ।

धरान उपमहानगरका मेयरले चतराबाट पानी धरान लैजाने योजनालाई दुईवटा पालिकाको संयुक्त कार्यक्रम रूपमा लैजानुपर्नेमा जोड दिएका थिए ।

अवलोकनका क्रममा दुवै पालिकाका प्रतिनिधि ।

पानीसहित फोहोर व्यवस्थापन, सडक पूर्वाधार, धार्मिक सर्किट लगाएका विषयमा बराहक्षेत्र नगरपालिकासँग सहकार्य गरेर काम गर्ने धरानका मेयर साम्पाङले बताए । बराहक्षेत्र नगरपालिकामा छलफल लगत्तै दुवै मेयरसहित टोली सप्तकोसीमा पनि पुगेका थिए ।

मेयर साम्पाङकोशीबाट पानी धरान ल्याउन लिफ्ट गर्ने स्थानबारे बराहक्षेत्रका मेयर कार्कीलाई स्थलगत निरीक्षण पनि गराए ।

छलफल तथा अवलोकनमा धरानबाट मेयर साम्पाङ, उपमेयर आइन्द्रविक्रम बेघा, प्रमुख प्रशासकीय अधिकृत उद्धवप्रसाद रिजालसहितको टोली पुगेको थियो ।

यस्तै, बराहक्षेत्रबाट मेयर कार्की, वडा नं. १ का वडाध्यक्ष किसान थापा मगर, वडा नं. ६ का अध्यक्ष उद्धवप्रसाद पोखरेल, योजना शाखाका प्रमुख राजु भट्टराई लगायतले अवलोकन गरेका थिए ।

Tags: खानेपानीरमेश कार्कीसप्तकोसीहर्क साम्पाङ
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

धार्मिक पर्वका नाममा हतियारसहित प्रदर्शन नगर्न सुनसरी प्रशासनको निर्देशन
Uncategorized

सुनसरीका यी पोल्ट्री फार्ममा देखियो बर्ड फ्लु

by टाकुरा न्यूज । इटहरी
बैशाख ९, २०८३
0

सुनसरी : जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयले मंगलबार जारी गरेको...

समाचार

झापा : नवीकरणीय ऊर्जा ‘पेलेट’को उत्पादन सुरु

by रासस
बैशाख ९, २०८३
0

झापा : खेर गइरहेको स्थानीय स्रोत र साधनको सदुपयोग गरेर मेचीनगर नगरपालिका–१५ ज्यामिरगढीमा नवीकरणीय ऊर्जा ‘पेलेट’को उत्पादन सुरु गरिएको छ...

इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

बैशाख ९, २०८३
विराट किचनले पायो ‘क’ वर्गको खाद्य स्वच्छता

विराट किचनले पायो ‘क’ वर्गको खाद्य स्वच्छता

बैशाख ८, २०८३
मोरङको सुन्दरहरैँचामा कारको ठक्करबाट एक पुरुषको मृत्यु

जन्ती बोकेको बसले ठक्कर दिँदा २७ वर्षीय युवकको मृत्यु

बैशाख ८, २०८३
नागरिकमैत्री बनाउन एकद्वार प्रणालीमार्फत सेवा प्रवाह सुरु

नागरिकमैत्री बनाउन एकद्वार प्रणालीमार्फत सेवा प्रवाह सुरु

बैशाख ८, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

धार्मिक पर्वका नाममा हतियारसहित प्रदर्शन नगर्न सुनसरी प्रशासनको निर्देशन

सुनसरीका यी पोल्ट्री फार्ममा देखियो बर्ड फ्लु

बैशाख ९, २०८३

झापा : नवीकरणीय ऊर्जा ‘पेलेट’को उत्पादन सुरु

बैशाख ९, २०८३

इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

बैशाख ९, २०८३
विराट किचनले पायो ‘क’ वर्गको खाद्य स्वच्छता

विराट किचनले पायो ‘क’ वर्गको खाद्य स्वच्छता

बैशाख ८, २०८३



लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1335 shares
    Share 534 Tweet 334
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    466 shares
    Share 186 Tweet 117
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    385 shares
    Share 154 Tweet 96
  • शिक्षा विकास तथा समन्वय इकाइ सुनसरीको हतारको निर्णय, एकै छिनमा दुई पत्र, दुवै गलत 

    375 shares
    Share 150 Tweet 94
  • तरहरामा दुई वटा मोटरसाइकल ठोक्किँदा भुजेलको मृत्यु, दुई घाइते

    370 shares
    Share 148 Tweet 93

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.