इटहरी : इटहरी उपमहानगरले चालू आर्थिक वर्ष २०७९।०८० मा स्वीकृत बजेत अन्तरगतका तालिम, गोष्ठी, सेमीनार, अभिमुखीकरण, अध्ययन अवलोकन भ्रमण जस्ता कार्यक्रमहरु बन्द गर्ने भएको छ ।
इटहरी उपमहानगरका नगरप्रमुख हेमकर्ण पौडेलले आर्थिक मितव्ययी अपनाउन भन्दै तत्कालको लागि कार्यक्रम रोकिएको जानकारी दिए ।
उपमहानगरबाट भएको अधिकांश तालिम तथा गोष्ठीहरू समेत प्रभावकारी नभएको भन्दै तत्काल रोक्न निर्देशन दिएका हुन् ।
अर्थमन्त्रालयले खर्च कटौती गर्न स्थानीय तहहरूलाई परिपत्र गरेसँगै उपमहानगरका मेयर हेमकर्ण पौडेलले अर्को सूचना नआएसम्मका लागि कार्यक्रमहरू रोक्न उपमहानगरका महाशाखाहरू, शाखाहरू र वडा कार्यलयहरूलाई निर्देशन दिएका हुन् ।
मेयर पौडेलले फजुल खर्चसँगै यसअघि नै कर्मचारीहरूलाई दिदैँ आएको मासिक पाँच हजार खाजा खर्च, इन्धन खर्च कटौती गरिसकेको बताए ।














Discussion about this post