इटहरी : इटहरीको जनता बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा नेपाल विद्यार्थी संघ (नेविसंघ) का सहदेव काफ्ले निर्वाचित भएका छन् ।
यस क्याम्पसमा नेविसंघ र समाजवादी विद्यार्थी युनियनबीच तालमेल थियो भने अनेरास्ववियु र अखिल क्रान्तिकारीबीच तालमेल थियो ।
सभापतिमा काफ्लेका निकटतम प्रतिद्धन्दी अनेरास्ववियुका उज्वल सिग्देलले ६८२ मत प्राप्त गरे ।
यस्तै, स्वतन्त्र उम्मेदवारी दिएका दानबीर थापा (सम्राट) ले २८५ मत प्राप्त गरेका छन् । सुनसरीको सबैभन्दा बढी विद्यार्थी भएको जनता क्याम्पसको स्ववियु निर्वाचनमा कूल ५,७७८ मतदातामध्ये २,२२४ मत खसेको थियो ।
यस्तै, सचिवमा समाजवादी विद्यार्थी युनियनका अर्जुन राई निर्वाचित भएका छन् ।
राईले ९७५ मत प्राप्त गर्दा अखिल क्रान्तिकारीका अर्जुन पौडेलले ८७१ मत प्राप्त गरे । यस्तै, कोषाध्यक्षमा अनेरास्ववियुका आदित्य खड्काले एक हजार १२० मत प्राप्त गर्दै निर्वाचित हुँदा नेविसंघका विपिन भट्टराईले ९८१ मत प्राप्त गरे ।
यस्तै, सदस्यहरूमा सन्तोष पुरी (सुशान्त), सुगम भुजेल, एलिना चौधरी, मार्शल बस्नेत, केवल लुइँटेल, सुदीप खतिवडा, लक्ष्मण लिम्बू र मनिष चौलागाईँ निर्वाचित भएका छन् ।
समानुपातिकतर्फ भने नेविसंघले ८७५ मत प्राप्त गर्दा अनेरास्ववियुले ४२७ मत प्राप्त गरेको छ ।
यो पनि – स्ववियु : जनता बहुमुखी क्याम्पसको सभापतिमा सहदेव काफ्ले निर्वाचित, यस्तो छ उनको विगत











Discussion about this post