Monday, October 19, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

इटहरीका मूर्तिकार विक्रम श्री लाई एनआइसी एसिया बैंकको यातना, किस्ता नतिरेको भन्दै घरमै पठायो सुरक्षा गार्ड

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
चैत्र २२, २०७९
in टाकुरा विशेष, समाचार
0
इटहरीका मूर्तिकार विक्रम श्री लाई एनआइसी एसिया बैंकको यातना, किस्ता नतिरेको भन्दै घरमै पठायो सुरक्षा गार्ड
375
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरी निवासी मूर्तिकार तथा कलाकार विक्रम तिम्सिना (विक्रम श्री) लाई एनआइसी एसिया बैँकले मानसिक यातना दिएको छ ।

किस्ता नतिरेको भन्दै एनआइसी इटहरी शाखाले कलाकार श्री लाई मानसिक यातना दिएको हो । घरमै सुरक्षा गार्ड पठाएपपि श्री ले आँफूमाथि बैँकले मानसिक यातना दिएको बताए ।

‘बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सुरक्षा गार्ड घरमै पठाएर मानसिक यातना दिइयो,’ श्री ले भने, ‘नियतबश रूपमा मानसिक यातना दिइयो, एउटै मितिमा सात दिने ताकेता, ३५ दिने लीलामको प्रक्रिया र पत्रिकामा तीनपुस्तेको सूचना छापियो, फरक–फरक मिति वा किस्ता नतिर्ने भनेको भए यो प्रक्रिया हुनुपर्थ्यो, एउटै मितिमा कसरी हुन्छ ?’

उनका अनुसार १५ वर्षका लागि ९६ लाख रुपैयाँ ९ प्रतिशत ब्याज तिर्ने शर्तमा लिएको भएपनि अहिले १८ प्रतिशत ब्याज लगाउने गरेको छ ।

अहिलेसम्म ८ वर्षसम्म किस्ता तिरेपनि अहिले दुई महिना नतिर्दैमा लीलामीको प्रक्रिया अगाडि बढाउनु र मानसिक यातना दिनु गम्भीर अपराध रहेको उनी बताउँछन् ।

‘अहिलेसम्म तिरेको हुँ, अब पनि नतिर्ने भनेको होइन । व्यापारको प्रकृतिअनुसार तीन महिनामा तिर्छु भन्दा फाइन पनि हानेर जथाभावी रूपमा यातना दिइयो,’ उनले भने, ‘अचानक घरमा सुरक्षा गार्ड आउँदा त अन्यौलमा परियो ।’

उनले आँफूले समयमा किस्ता बुझाउन खोज्दाखोज्दै पनि काम गरेको पैसा समयमा नउठ्नु, भ्रष्ट कर्मचारी र दलाल ठेकेदारहरूका कारण काम लिन र सम्पन्न गर्न सहजता नहुनु र देशको आर्थिक मन्दीका कारण समस्या उत्पन्न भइरहेको बताए ।

‘हामीजस्ता स्वावलम्बी सिर्जनशील सर्जकहरूले सजिलो गरी बैंकलाई किस्ता बुझाउन सकिरहेका छैनौं । एकैदिन एकैपटक बैंकले सात दिने, ३५ दिने र घर लीलाम गर्ने, पत्रिकामा छाप्ने तयारीको सूचनाको पत्रसहित घर अगाडि गार्ड राख्दा अनेकौं प्रश्न उब्जिएका छन्,’ उनले भने ।

धेरै जना कर्मचारीबाट एकै दिन धेरै कल आएको र घर तथा कार्यक्षेत्रमा नै भेट गरी ताकेता गरिएको उनले बताए ।

‘सहानुभूतिभन्दा हतोत्साहित बनाउने वातावरण रचना गरिनु, ऋणीको बाध्यता र परिस्थिति प्रत्यक्ष देखेर अनुभव गरेर पनि बारम्बार यस्तो दोहोरिनुले सबैलाई दुःखित बनाएको छ,’ उनले भने ।

एनआइसी एसिया बैँक इटहरी शाखाका म्यानेजर विशाल घिमिरेले ह्वाटसपमा म्यासेज पठाएको र फोन गरेर पटकपटक ताकेता गरी मानसिक यातना दिएको श्री को आरोप छ ।

यता, यस विषयमा बुझ्न म्यानेजर घिमिरेलाई सम्पर्क गरिएपनि उनको फोन उठेन ।

Tags: #अर्थकिस्ताटाकुरा विशेषबिक्रम श्रीबैंक
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

उदयपुरमा बढ्दो सुरक्षा चुनौती :  १०० आत्महत्याका घटना दर्ता
समाचार

असोजमा उदयपुर प्रहरीमा ४२ मुद्दा दर्ता, १९ जना फरार

by माधव पोख्रेल
कार्तिक २, २०८३
0

उदयपुर :  जिल्ला प्रहरी कार्यालय उदयपुर र मातहतका प्रहरी कार्यालयमा २०८३ असोज महिनामा विभिन्न प्रकृतिका ४२ वटा मुद्दा दर्ता भएका...

सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला
समाचार

सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

by टाकुरा न्यूज । इटहरी
कार्तिक २, २०८३
0

सुनसरी : सप्तकोशीमा पौडी खेल्ने क्रममा आइतबार साँझ बेपत्ता भएका बराहक्षेत्रका एक युवक आज बिहान मृत फेला परेका छन् ।...

दसैँले भोजपुरका गाउँबस्तीमा बढायो रौनक

दसैँले भोजपुरका गाउँबस्तीमा बढायो रौनक

कार्तिक २, २०८३
सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

सुनसरीमा एम्बुलेन्सबाट पाँच क्विन्टलभन्दा बढी गाँजा बरामद

कार्तिक २, २०८३
पाथीभरामा यो वर्षकै सबैभन्दा धेरै भक्तजन, एकैदिन ७ हजार बढीले गरे दर्शन

तीन महिनामा पाथीभरामा ३३ लाखभन्दा बढी भेटी सङ्कलन

कार्तिक १, २०८३

सगरमाथाको शिखरमुनि हराएको जीवन

कार्तिक १, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

उदयपुरमा बढ्दो सुरक्षा चुनौती :  १०० आत्महत्याका घटना दर्ता

असोजमा उदयपुर प्रहरीमा ४२ मुद्दा दर्ता, १९ जना फरार

कार्तिक २, २०८३
सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

कार्तिक २, २०८३
दसैँले भोजपुरका गाउँबस्तीमा बढायो रौनक

दसैँले भोजपुरका गाउँबस्तीमा बढायो रौनक

कार्तिक २, २०८३
सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

सुनसरीमा एम्बुलेन्सबाट पाँच क्विन्टलभन्दा बढी गाँजा बरामद

कार्तिक २, २०८३



लाेकप्रिय

  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    635 shares
    Share 254 Tweet 159
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    312 shares
    Share 125 Tweet 78
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    288 shares
    Share 115 Tweet 72
  • सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    282 shares
    Share 113 Tweet 71
  • सुनसरीमा स्रोत नखुलेको ५ लाख ३० हजार रुपैयाँसहित युवक पक्राउ

    196 shares
    Share 78 Tweet 49

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.