Sunday, August 30, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

एसईई : नक्कली परीक्षार्थी छुटाउन सभामुखदेखि नेताको दबाब, कन्सल्टेन्सीको भागाभाग, शिक्षककै संलग्नता

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
चैत्र २४, २०७९
in समाचार
0
एसईई : नक्कली परीक्षार्थी छुटाउन सभामुखदेखि नेताको दबाब, कन्सल्टेन्सीको भागाभाग, शिक्षककै संलग्नता
153
SHARES
Share on FacebookShare on Twitter

मोरङ : माध्यमिक शिक्षा परीक्षा (एसईई) का नक्कली परीक्षार्थी छुटाउनका लागि सभामुखदेखि नेता तथा कार्यकर्ताहरूले नेपाल प्रहरीलाई दबाब दिन थालेका छन् ।

बुधबार र बिहीबार दुई सय भन्दा बढी नक्कली परीक्षार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

प्रहरीले मोरङका तीन वटा विद्यालयबाट एसइई दिने २०१ विद्यार्थीलाई नियन्त्रणमा लिएको थियो ।

केराबारी गाउँपालिकामा रहेको सार्वजनिक माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट सबैभन्दा बढी १२७ जना, झोराहाटस्थित सरस्वती माध्यमिक विद्यालय केन्द्रबाट ५२ जना र सुन्दरहरैँचाको जनता माध्यमिक विद्यालय केन्द्रबाट २० जनालाई प्रहरीले बिहीबार नियन्त्रणमा लिएको थियो ।

बुुधबार सरस्वतीबाट थप दुई जना विद्यार्थीलाई नियन्त्रणमा लिएको थियो । विद्यार्थीलाई छुटाउन प्रतिनिधिसभा सभामुख देवराज घिमिरेको सचिवालय तथा मञ्च सम्बद्ध सङ्घीय लिम्बुवानका अध्यक्ष कुमार लिङदेनले नक्कली परीक्षार्थीलाई छुटाउन दबाब दिएको प्रहरीले जनाएको छ ।

सभामुखको घिमिरेले स्वकीय सचिवमार्फत छुटाउन दबाब दिएको इलाका प्रहरी कार्यालयले जनाएको छ । कुमार लिङदेनले भने इलाका प्रहरी कार्यालय बेलबारीमा बिहीबार राति अबेरसम्म बसेर छुटाउन दबाब दिएका थिए ।

एक प्रहरीका अनुसार नक्कली परीक्षार्थी पहिचान पक्षधर भएको र पहिचानको पक्षमा आन्दोलन गर्न असर पर्ने भएको भन्दै लिङदेनले छुटाउन प्रहरीलाई दबाब दिएका थिए ।

ती प्रहरीका अनुसार लिङदेनले हिँड्ने बेलामा प्रहरी अधिकृतहरूलाई तपाईहरूलाई माथिबाट फोन आउँछ भन्दै हिँडेका थिए ।

कन्सल्टेन्सीको भागाभाग 

नक्कली परीक्षार्थीहरू परिचालन कन्सल्टेन्सीले गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । ‘ दैनिक ४ सय देखि एक हजार रुपैयाँसम्म लिएर परीक्षा दिन आएको खुलेको छ’, इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख निरीक्षक उदयशमशेर जबराले बताए ।

जबराले भने, ‘धेरै कन्सल्टेन्सी धरानका छन् । परीक्षा लेख्न आउने धेरै धरान र दमकका छन् ।’ कन्सल्टेन्सीले एक विद्यार्थीबाट ३० देखि ४० हजार रुपैयाँसम्म लिएको खुलेको छ ।’

धरानका तीन वटा कन्सल्टेन्सी र उर्लाबारीको एक कन्सल्टेन्सी खुलिसकेको प्रहरीले जनाएको छ ।

धरान पानमारीको एलिसा कन्सल्टेन्सी, धरानको आचार्य लाइनको प्यासेफिक कन्सल्टेन्सी, धरान १० कै युनिक कन्सल्टेन्सी र मोरङको उर्लाबारीको गुड ह्विल कन्सल्टेन्सीले विद्यार्थीसँग मोटो रकम लिने गरेको खुलेको हो ।

अनुसन्धानमा खुलेका सबै कन्सल्टेन्सीले बोर्ड नै हटाएर बन्द गरेर फरार रहेको र उनीहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाइएको छ ।

शिक्षकको पनि संलग्नता

खुलातर्फको परीक्षा केन्द्र भएका र नक्कली परीक्षार्थी पक्राउ परेका केन्द्राध्यक्षमाथि नै प्रहरीले अनुसन्धान थालेको छ ।

सरस्वती माध्यमिक विद्यालयमा दैनिक परीक्षा शुरु हुनुभन्दा एक घण्टा अगाडि नै प्रश्न पत्र विद्यार्थीलाई दिने गरेको खुलेको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले बताएका छन् ।

‘कन्सल्टेन्सी, केन्द्राध्यक्ष तथा शिक्षकहरूको समेत संलग्नता देखिएको छ’, एक प्रहरी अधिकृतले भने ‘अहिलेसम्मको अनुसन्धानले धेरै तानिने देखिएको छ ।’ परीक्षा केन्द्र नै किन बेच भएको खुलेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका नक्कली परीक्षार्थीहरूलाई प्रहरीले शिक्षा ऐन २०२८ अनुसार कारबाही प्रक्रिया अगाडि बढाउने जनाएको छ । पक्राउ परेका नक्कली परीक्षार्थीहरूले दिएका सबै परीक्षा रद्द गरिने जिल्ला शिक्षा समन्वय इकाई मोरङले जानकारी गराएको छ ।

जिल्ला शिक्षा समन्वय इकाई मोरङका प्रमुख टंक गौतमले पक्राउ परेका नक्कली परीक्षार्थीहरूले दिएको सबै परीक्षा रद्द हुने बताए ।

कल्पना लिम्बुको परीक्षा लेख्न आएकी सुस्तीमा लिम्बूलाई बुधबार प्रहरीले नियन्त्रणमा लिएको थियो । सुस्तीमालाई नातामा काका पर्ने शरण लिम्बूले परीक्षा लेख्न लगाएका थिए । कल्पनालाई भने सुस्तीमाले नचिन्ने गरेको खुलेको प्रहरीले जनाएको छ ।

‘अधिकांश नक्कली विद्यार्थीले सक्कली विद्यार्थीलाई चिन्दैनन्’ इन्स्पेक्टर जबराले भने ‘थप अब खुल्दै जान्छ ।’

पक्राउ परेकाहरूलाई इलाका, प्रहरी कार्यालय बेलबारी, लेटाङ, उर्लाबारी, रंगेली, सिजुवा र जिल्ला प्रहरी कार्यालय मोरङमा राखेर अनुसन्धान गरिरहेको छ ।

कानूनअनुसार शिक्षा ऐन २०२८ को दफा १७ को उपदफा १ (ङ) को देहाय (क) अरुको तर्फबाट परीक्षा दिएमा, (च) परीक्षाको मर्यादा भंग हुने अन्य कुनै कार्य गरेमा ऐ १ ऐनको उपदफा क बमोजिम एक लाख रुपैयाँसम्म जरिवाना वा छ महिनासम्म कैद वा दुवै सजाय हुने व्यवस्था रहेको छ ।

Tags: #मोरङएसईईनक्कली परीक्षार्थी
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

मोरङमा एक पुरुष मृत भेटिए
FEATURE BREAKING

विराटनगरमा चोरी गर्न पुगेका पुरुष घरधनीको होहल्लापछि तीन तलाबाट हाम्फाल्दा मृत्यु

by टाकुरा न्यूज । इटहरी
भदौ १४, २०८३
0

विराटनगर : विराटनगरमा चोरी गर्न घरभित्र प्रवेश गरेका एक पुरुषको तीन तलामाथिबाट हाम्फाल्दा मृत्यु भएको छ। मृतकको पहिचान भने खुल्न...

झापामा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एकको मृत्यु
समाचार

मिक्लाजुङमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

by टाकुरा न्यूज । इटहरी
भदौ १४, २०८३
0

मोरङ : मिक्लाजुङ गाउँपालिका–१ सुके–जौवारी सडकमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य एक जना गम्भीर घाइते...

पूर्वाञ्चल विश्वविद्यालयमा यसै सत्रदेखि एमबीबीएस पढाइ, ५० सिट स्वीकृत

पूर्वाञ्चल विश्वविद्यालयमा तलबबाट राहत, उपकुलपति–रजिस्ट्रारले एक महिनाको दिने

भदौ १३, २०८३
इटहरीमा मदिरा सेवन गरी आमाले गरिन् तीन महिने शिशुको हत्या

खोटाङमा शिक्षकको हत्या गरेको आरोपमा ११ जना पक्राउ

भदौ १३, २०८३
सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

सुनसरीमा छुट्टाछुट्टै कारबाहीमा ६ जना पक्राउ, १२.७३ ग्राम ब्राउनसुगर बरामद

भदौ १३, २०८३
खोटाङमा भक्तजन सवार ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, ३४ जना घाइते

खोटाङमा भक्तजन सवार ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, ३४ जना घाइते

भदौ १२, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

मोरङमा एक पुरुष मृत भेटिए

विराटनगरमा चोरी गर्न पुगेका पुरुष घरधनीको होहल्लापछि तीन तलाबाट हाम्फाल्दा मृत्यु

भदौ १४, २०८३
झापामा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एकको मृत्यु

मिक्लाजुङमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

भदौ १४, २०८३
पूर्वाञ्चल विश्वविद्यालयमा यसै सत्रदेखि एमबीबीएस पढाइ, ५० सिट स्वीकृत

पूर्वाञ्चल विश्वविद्यालयमा तलबबाट राहत, उपकुलपति–रजिस्ट्रारले एक महिनाको दिने

भदौ १३, २०८३
इटहरीमा मदिरा सेवन गरी आमाले गरिन् तीन महिने शिशुको हत्या

खोटाङमा शिक्षकको हत्या गरेको आरोपमा ११ जना पक्राउ

भदौ १३, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    446 shares
    Share 178 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    306 shares
    Share 122 Tweet 77
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    290 shares
    Share 116 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    280 shares
    Share 112 Tweet 70
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    278 shares
    Share 111 Tweet 70

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
समाचार संयोजक : पुष्प पराजुली (अभिमन्यु अभिजित)
साहित्य संयोजक : राज भट्टराई
संवाददाता : निश्चल शर्मा
संवाददाता : सुमन रेग्मी
संवाददाता : मनोज अधिकारी
हाम्रो टिम

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

 

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.