इटहरी : नयाँ स्मार्ट फोन भीभो भी २७ सिरिज सार्वजनिक गरेको छ ।
आइतबार इटहरीमा पत्रकार भेटघाट गरी भिभो भी २७ को सार्वजनिक भएको जानकारी गराइएको हो ।
स्मार्टफोन ८ तारिखदेखि १४ तारिखसम्म (बैशाख २५ देखि ३१ गतेसम्म) प्रि–बुकिङ उपलब्ध हुने बताइएको छ । ग्राहकहरूले तीन हजार तिरेर भी २७ फाइभजी वा भी २७ ई को प्रि–बुकिङ गर्न सक्ने बताइएको छ ।
साथै ग्राहकहरूले भी २७ फाइभजी को प्रि–बुकिङमा भिभो टीडब्लुएस एयर र भी २७ ईको प्रि–बुकिङमा नोइज कलर फिट ग्राण्ड एयरबड प्राप्त गर्नेछन् ।
फोनमा स्लीक डिजाइन, भी २७ फाइभजीमा औरा लाइट पोट्र्रट सिस्टम, ४,६०० एमएएच ब्याट्री र ६६ वाट फ्ल्यास चार्ज लगायतका आकर्षक विशेषताहरू छन् ।
कम्पनीका क्षेत्रीय व्यवस्थापक निमेष घिमिरेका अनुसार भी २७ फाइभजी दुई आकर्षक रंगहरूमा– म्याजिक ब्लू र नोबल ब्ल्याकमा ५८ हजार ९९९ मा उपलब्ध हुनेछ ।
यस्तै, भी २७ ई दुई उत्कृष्ट रंगहरूमा–ल्याभेन्डर पर्पल र ग्लोरी ब्ल्याकमा ४१ हजार ९९९ मा उपलब्ध हुने घिमिरेले बताए ।
भिभो भी २७ सिरिजबारे भिभो नेपालका जनरल म्यानेजर माइकलले भने, ‘भिभो भी सिरिजको उत्कृष्ट कार्यसम्पादन तथा नवीन विशेषताहरूले गर्दा प्रयोगकर्ताहरू सधैं यस स्मार्टफोनहरूप्रति आकर्षित हुँदै आएका छन् ।’












Discussion about this post