संखुवासभा : संखुवासभाको खाँदबारी १ घिमिरे गाउँमा प्रेमिकाको हत्या गरी प्रेमीले आफूलाई पनि खुकुरी प्रहार गरी आत्महत्याको प्रयास गरेका छन् ।
जिल्लाको खाँदबारीमा कोठाभाडामा बस्दै आएकी युना दर्नाललाई शुक्रबार (आज) बिहान सभापोखरी गाउँपालिका १ का नन्दराम गदालले हत्या गरेका हुन् ।
उनले आफ्नै पेटमा पनि खुकुरी प्रहार गरेर गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । दर्नानलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी वीरेन्द्र गोदारले जानकारी दिए ।
घाइते गदालको जिल्ला अस्पताल खाँदबारीमा उपचार भइरहेको छ।
स्थानीयका अनुसार गए राती मृतक २१ वर्षीया दर्नालको डेरामा दुवैजना सँगै बसेका थिए। बिहान स्थानीयले घटना थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए।
हत्याको कारणबारे थप अनुसन्धान भइरहको प्रहरीले जनाएको छ।













Discussion about this post