इटहरी : अत्याधिक गर्मी बढेपछि इटहरी उपमहानगरपालिकाका विद्यालयहरूमा दुई दिन बिदा दिने निणर्य गरिएको छ ।
अत्याधिक गर्मीले पठनपाठनमा असहज स्थिति आएको जनाउँदै जेष्ठ १८ र १९ गते विदा दिने निणर्य गरिएको इटहरी उपमहानगर शिक्षा महाशाखा प्रमुख सूर्यप्रसाद सुवेदीले जानकारी दिए ।
अहिले सञ्चालन भइरहेका परिक्षा सञ्चालनमा कुनै असर नपर्ने गरी बिहीबार र शुक्रबार बिद्यालयको पठनपाठन बन्द गर्न उपमहानगरले सबै विद्यालयहरूलाई आग्रह गरेको उनको भनाइ छ ।















Discussion about this post