खोटाङ : खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ७ दोर्पा स्थितमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरिएको छ ।
हत्या गरेको आरोपमा मृतकका श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ६ नेर्पा घर भई हाल मझुवागढी ७ बस्दै आएका ३२ वर्षीय बालजीत राईले सामान्य वादविवादका कारण आफ्नै श्रीमती २८ वर्षीय सरिता तामाङलाई कुटपिट पश्चात खुकुरी प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरी टोलीले श्रीमानलाई खोजतसाल गर्ने क्रममा घर नजिकै रहेको जंगलमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
हत्या गरेको आरोपमा पक्राउ परेका राईको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।



















Discussion about this post