धरान : धरान उपमहानगरपालिकामा डेंगुबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ भने संक्रमितको संख्या १२ हजार नाघेको छ ।
बिहीबार साँझसम्मको विवरण अनुसार धरानमा डेंगु संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ रहेको छ । जसमा ६ जना महिला र ५ जना पुरुष छन् । हालसम्म संक्रमितको संख्या भने १२ हजार १८४ पुगेको छ ।
धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार धरानमा हालसम्म जम्मा परीक्षण १६ हजार ८४० जनाको भएको छ । जसमध्ये ७२ प्रतिशतमा डेंगु देखिएको हो ।
बिहीबारमात्रै गरिएको ३९० वटा परीक्षणमा २८७ जनामा डेंगु देखिएको उनले बताए । यो संख्या ७४ प्रतिशत हो ।














Discussion about this post