Saturday, August 29, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

विवाह गरेको सात महिनामै श्रीमान बेपत्ता भएपछि…

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
कार्तिक ७, २०८०
in समाचार
0
विवाह गरेको सात महिनामै श्रीमान बेपत्ता भएपछि…

तस्वीरमा सुवेदी दम्पती ।

272
SHARES
Share on FacebookShare on Twitter

इटहरी : दसैँको समयमा टाढाबाट आएका आफन्तहरूका कारण घरै उज्यालो हुने गर्छ । आफन्त भेटघाट गर्ने, रमाइलो गर्ने, छरछिमेकमा खुशीयाली साटासाट गर्दा मनै फुरुङ्ग हुन्छ ।

तर, विराटनगरका सुवेदी परिवारमा भने दसैँको कुनै उत्साह, उमंग छैन । विराटनगर ४ राजवंशी चोक घर भएकी ब्रजुना सुवेदी अहिले श्रीमान बेपत्ता भएकाले खोजीमा छटपटिरहेकी छन् ।

विवाह गरेको सात महिनामै आफ्ना श्रीमान दिलीप सुवेदी बेपत्ता भएपछि उनको खोजी गरिएपनि नभेटिएपछि थप पीडा भएको ब्रजुना सुनाउँछिन् ।

३७ दिनदेखि श्रीमान बेपत्ता भएपनि खोजी कार्य गरिएपनि पत्ता नलागेको उनी सुनाउँछिन् । ‘सबैतिर दसैँ आयो’ ब्रजुना भन्छिन्, ‘अचानक सम्पर्कबिहीन हुनुभएका श्रीमान अझै घर आउनुभएन, मेरा लागि यो वर्षको दसैँ दसा भएर आयो ।’

झापाको सुरुङ्गास्थित नेपाल टेलिकमको कार्यालयमा निमित्त प्रमुखका रूपमा कार्यरत दिलीप ३७ दिनअघि कार्यालयबाटै सम्पर्कबिहीन बनेका थिए । उनी टेलिकमले उपलब्ध गराएको क्वाटरमा बस्दै आएका थिए । झापाको कनकाई नगरपालिका ३ सुरुङ्गाको नयाँ बस्तीस्थित क्वाटरबाट उनी अचानक बेपत्ता भएका हुन् ।

विवाह गरेको पहिलो वर्ष श्रीमानसँगै माइती जाने योजना बुनेकी उनी अहिले श्रीमान बेपत्ता भएकाले खोजी गर्न भौतारिरहेकी छिन् । प्रहरीकहाँ जाहेरी दिएपनि प्रहरीले खोजी कार्य गरिरहेको जनाएको छ ।

ब्रजुना भन्छिन्, ‘सपनामा नसोचेको भयो, कहाँ हुनुहोला, के अवस्था होला भनेर भोक न निद्रा भएकी छु ।’ सुवेदीले प्रयोग गर्ने मोबाइल फोन बेपत्ता भएकै बेलादेखि ‘स्वीच अफ’ रहेकाले सम्पर्कबाहिर रहेको उनको भनाइ छ ।

‘उहाँ सम्पर्कबिहीन भएको बेलादेखि नै फोन अफ छ’ रोदनमिश्रित भावमा उनले भनिन्, ‘तर मन मान्दैन, अनि कतै लागिहाल्छ कि भनेर मेरा औंला उहाँको नम्बर डायल गर्न छाड्दैनन् ।’

इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरीक्षक सुरज कार्कीले प्रहरीका सबै युनिटहरूमा सुवेदीको तस्वीर पठाएर खोजतलास गरिरहेको बताए । खोजी कार्यलाई तीव्रता दिइएको उनले बताए ।

 

Tags: खोजीबेपत्ता
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

खोटाङमा भक्तजन सवार ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, ३४ जना घाइते
विविध

खोटाङमा भक्तजन सवार ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, ३४ जना घाइते

by रासस
भदौ १२, २०८३
0

खोटाङ : धार्मिक मेला भरेर घर फर्कँदै गरेको अवस्थामा खोटाङमा ट्याक्टर दुर्घटना हुँदा ३४ जना भक्तजन घाइते भएका छन्। दिक्तेल...

इटहरीको नमुना कलेजले राहत कोषमा पाँच लाख रुपैयाँ दिने
विविध

इटहरीको नमुना कलेजले राहत कोषमा पाँच लाख रुपैयाँ दिने

by टाकुरा न्यूज । इटहरी
भदौ १२, २०८३
0

इटहरी : पठनपाठनसँगै सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै इटहरीस्थित नमुना कलेजले भोटेकोशी बाढीपीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पाँच लाख...

ठगी गर्ने इटहरीका सुन पसले जेल चलान

जेनजी आन्दोलनमा झुम्का कारागारबाट भागेका कैदी पक्राउ

भदौ १२, २०८३
जेनजी आन्दोलनमा हराएका सामग्री बुझाउन इटहरी ट्राफिकको आग्रह, नबुझाए के हुन्छ ?

कोशीमा साउनमै ४४० सवारी दुर्घटना, १९२ को कारण तीव्र गति

भदौ १२, २०८३
कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

भोटेकोशी विपद् : कोशी प्रदेश सरकारद्धारा तीन करोड सहयोग

भदौ १२, २०८३
आज जनैपूर्णिमा

आज जनैपूर्णिमा मनाइँदै, जनै फेर्नेदेखि रक्षाबन्धन र क्वाँटी खानेसम्मको परम्परा

भदौ १२, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

खोटाङमा भक्तजन सवार ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, ३४ जना घाइते

खोटाङमा भक्तजन सवार ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, ३४ जना घाइते

भदौ १२, २०८३
इटहरीको नमुना कलेजले राहत कोषमा पाँच लाख रुपैयाँ दिने

इटहरीको नमुना कलेजले राहत कोषमा पाँच लाख रुपैयाँ दिने

भदौ १२, २०८३
ठगी गर्ने इटहरीका सुन पसले जेल चलान

जेनजी आन्दोलनमा झुम्का कारागारबाट भागेका कैदी पक्राउ

भदौ १२, २०८३
जेनजी आन्दोलनमा हराएका सामग्री बुझाउन इटहरी ट्राफिकको आग्रह, नबुझाए के हुन्छ ?

कोशीमा साउनमै ४४० सवारी दुर्घटना, १९२ को कारण तीव्र गति

भदौ १२, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    446 shares
    Share 178 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    306 shares
    Share 122 Tweet 77
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    290 shares
    Share 116 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    280 shares
    Share 112 Tweet 70
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    278 shares
    Share 111 Tweet 70

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
समाचार संयोजक : पुष्प पराजुली (अभिमन्यु अभिजित)
साहित्य संयोजक : राज भट्टराई
संवाददाता : निश्चल शर्मा
संवाददाता : सुमन रेग्मी
संवाददाता : मनोज अधिकारी
हाम्रो टिम

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

 

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.