Thursday, September 3, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

कोसी प्रदेश : तीन महिनामा चार सय ८८ आगलागीका घटना

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
चैत्र ८, २०८०
in समाचार
0
मोरङको पथरीमा आगलागी हुँदा डेढ करोड बराबरको क्षति

सांकेतिक तस्वीर ।

239
SHARES
Share on FacebookShare on Twitter

झापा :  सुक्खायाम सुरु भएसँगै आगलागीका घटना बढेका छन् । कोशी प्रदेश प्रहरी कार्यालयले विगत तीन महिनामा प्रदेशका १४ जिल्लामा आगलागीका चार सय ८८ घटना भएको जनाएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपक पोखरेलका अनुसार पुस १ गतेदेखि चैत ८ गतेसम्मको तीन महिनामा प्रदेशमा आगलागीबाट १२ जनाको मृत्यु र २४ जना घाइते भएका छन् । विद्युत् सर्ट, ग्यास चुहावट, भान्सा र गोठको आगो नियन्त्रण बाहिर जाँदा आगलागीका घटना हुने गरेका उनले बताए ।

स्थानीय जङ्गलमा पनि डढेलो लाग्ने गरेको भन्दै प्रहरी उपरीक्षक पोखरेलले पहाडी जिल्लाका वनमा लागेको डढेलो नियन्त्रण बाहिर गएमा मानव बस्तीमा समेत आगलागी हुने गरेको बताए । यही चैत ३ गते भोजपुरको हतुवागढी गाउँपालिका–७ मा आगलागी हुँदा एकै परिवाका तीन बालबालिकाको मृत्यु भएको थियो ।

मृत्यु हुनेमा तीन वर्षीय देउनिस कार्की, पाँच वर्षीय प्रनिस कार्की र सात वर्षीया दिप्तिका कार्की रहेका जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक दलबहादुर राईले जानकारी दिए । ‘आमाबुवा खेतबारीमा काम गर्न जानुभएको रहेछ,’ घटनाबारे जानकारी दिँदै उनले भने, ‘गोठबाट सल्किएको आगोले घरमा खेलिरहेका बालबालिकालाई लपेटेछ । उनीहरू भाग्नै सकेनन् ।’

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलन केसीका अनुसार जिल्लामा बितेको दुई सातामा आगलागीका दुई दर्जन घटना भइसकेका छन् । झापाको गौरीगञ्ज गाउँपालिका–१ का ५५ वर्षीय नीलकण्ठ घिमिरेको बुधबार तरकारी बारीमा सल्किएको आगोले जलेर घटनास्थलमै मृत्यु भयो ।

गत पुस १ गते धनकुटा नगरपालिका–५ कर्मीटारमा गोठमा खोले पकाउने चुलोबाट सल्केको आगोले विश्वबन्धु थापा र काजीनारायण श्रेष्ठको घर, गोठ जलेर रू ११ लाख बराबारको क्षति भएको प्रहरीको भनाइ छ ।

गत फागुन २८ गते मेचीनगर नगरपालिका–१५ मा रहेको देशकै ठूलो प्लाइउड कारखाना भगवती लेमिनेट्स् प्रालिमा भीषण आगलागी हुँदा १५ करोडको क्षति भएको छ ।

काठको गोलियामा सल्किएको आगो निभाउन नेपालका आठवटा र भारतको एउटा दमकललाई तीन दिन लागेको प्रदेश प्रहरी कार्यालयका प्रउ पोखरेलले जानकारी दिए ।

यही चैत २ गते झापाको रतुवामाई वृक्षरोपण आयोजनामा ठूलो डढेलो लागेको थियो । आयोजनाको धरमपुर, केर्खा र झिलझिले नजिक वनमा लागेको आगो निभाउन आयोजनाले चासो नदेखाएको सथानीयवासीको आरोप छ ।

घरको भान्सा, परालको कुन्यू र चुरोटको ठुटाबाट समेत आगलागीका दुर्घटना निम्तिने गरेका छन् । बालबालिकाले सलाई र लाइटरजस्ता आगो निस्कने वस्तु खेलाउँदा कतिपय आगलागी भएका छन् ।

Tags: #आगलागी#झापा#राससकोसी प्रदेश
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

भोटेकोशी बाढीपीडितका लागि हिसान सुनसरीको ५६ लाख सहयोग
समाचार

भोटेकोशी बाढीपीडितका लागि हिसान सुनसरीको ५६ लाख सहयोग

by टाकुरा न्यूज । इटहरी
भदौ १८, २०८३
0

इटहरी — गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढी तथा डुबानबाट प्रभावित नागरिकको राहत र पुनःस्थापनाका लागि हिसान सुनसरीले...

करिब डेढ महिनापछि खुल्दै कोशी प्रदेशसभाको ढोका, भदौ ३ गते नयाँ भवनमा बैठक
FEATURE BREAKING

कोशी प्रदेशसभामा वार्षिक प्रतिवेदन पेस

by टाकुरा न्यूज । इटहरी
भदौ १८, २०८३
0

विराटनगर : कोशी प्रदेशसभाको बिहीबारको बैठकमा ‘मुस्लिम आयोगको सातौँ वार्षिक प्रतिवेदन’ सभामा पेस भएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार...

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

जेनजी आन्दोलनमा झुम्का कारागारबाट फरार पुरुष पक्राउ

भदौ १८, २०८३
ठगी गर्ने इटहरीका सुन पसले जेल चलान

जेनजी आन्दोलनमा झुम्का कारागारबाट फरार पुरुष पक्राउ

भदौ १८, २०८३
बङ्गलादेशमा निर्यात गर्न लोड गरिएका कन्टेनर पूर्वी नाकामै रोकिए

काँकडभिट्टा नाकामा सशस्त्र प्रहरीको ‘गोप्रो’ निगरानी

भदौ १८, २०८३

इटहरीमा ब्राउनसुगरसहित दुई जना पक्राउ

भदौ १७, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

भोटेकोशी बाढीपीडितका लागि हिसान सुनसरीको ५६ लाख सहयोग

भोटेकोशी बाढीपीडितका लागि हिसान सुनसरीको ५६ लाख सहयोग

भदौ १८, २०८३
करिब डेढ महिनापछि खुल्दै कोशी प्रदेशसभाको ढोका, भदौ ३ गते नयाँ भवनमा बैठक

कोशी प्रदेशसभामा वार्षिक प्रतिवेदन पेस

भदौ १८, २०८३
ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

जेनजी आन्दोलनमा झुम्का कारागारबाट फरार पुरुष पक्राउ

भदौ १८, २०८३
ठगी गर्ने इटहरीका सुन पसले जेल चलान

जेनजी आन्दोलनमा झुम्का कारागारबाट फरार पुरुष पक्राउ

भदौ १८, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    448 shares
    Share 179 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    308 shares
    Share 123 Tweet 77
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    292 shares
    Share 117 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    282 shares
    Share 113 Tweet 71
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    279 shares
    Share 112 Tweet 70

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
समाचार संयोजक : पुष्प पराजुली (अभिमन्यु अभिजित)
साहित्य संयोजक : राज भट्टराई
संवाददाता : निश्चल शर्मा
संवाददाता : सुमन रेग्मी
संवाददाता : मनोज अधिकारी
हाम्रो टिम

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

 

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.