Monday, April 20, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home भिजिट नेपाल

उत्कृष्ट गन्तव्य स्थल ‘खुम्बु क्षेत्र’ मा थप पूर्वाधार विस्तार

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
असार ३, २०८१
in भिजिट नेपाल, समाचार
0
चिसोले खुम्बु क्षेत्रमा विकास निर्माण अवरुद्ध
92
SHARES
Share on FacebookShare on Twitter

सोलुखुम्बु : सगरमाथा पदयात्रा पदमार्ग (एभ्रेस्ट टे«किङ टे«ल०) क्षेत्रको  पूर्वाधार निर्माणसँगै त्यस क्षेत्रको पर्यटक आवगमन सहज बन्दै गएको छ । पदमार्ग क्षेत्रका जीर्ण बनेको पूर्वाधारको निर्माणसँगै यस क्षेत्रको पर्यटन आवगमन सहज बनेको हो ।

चालु आर्थिक वर्ष २०८०/८१ मा कोशी प्रदेश सरकार  सोलुखुम्बुको सगरमाथा पदयात्रा पदमार्ग क्षेत्रमा पर्ने प्रमुख पर्यटन पदमार्गको पूर्वाधार निर्माणका लागि मात्रै रु एक करोड २५ लाख रकम विनियोजन गरेको थियो ।

यसमा लार्चा दोभानदेखि नाम्चे बजार जाने सगरमाथा पर्यटकीय पदमार्गको पूर्वाधार निर्माणमा रु २५ लाख, गोक्यो पर्यटकीयस्थल तथा चोयु हिमाल जाने पदमार्ग पूर्वाधार निर्माणमा रु २५ लाख, फोर्चेदेखि सगरमाथा जाने पदमार्ग निर्माणमा रु २५ लाख, सगरमाथा पर्यटन पदमार्ग निर्माण कार्यको निरन्तरतामा रु २५ लाख र घाट क्षेत्रको पर्यटन पदमार्ग निर्माणमा रु २५ लाखको विनियोजन गरिएको छ ।

रकम विनियोजन भएअनुसार हाल पाँचवटै पदमाग क्षेत्रमा पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेको खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ का वडाध्यक्ष लक्ष्मण अधिकारीले  जानकारी दिनुभयो  । पर्यटकीय क्षेत्रका पदमार्गको पूर्वाधार निर्माणले यस क्षेत्रमा पर्यटनको आवगमनलाई थप सहज बनाउने उहाँले बताउनुभयो ।

सगरमाथा क्षेत्र जाने पर्यटकका लागि एकमात्र माध्यम पदमार्ग भएकाले यस क्षेत्रका पदमार्गको पूर्वाधार निर्माणलाई पर्यटन व्यवसायीले  निकै महत्व साथ हेरेका छन् ।

पहिलो सगरमाथा आरोही सर एड्मण्ड हिल्लारी र तेन्जिङ नोर्गे शेर्पाले सगरमाथा आरोहणमा जाने क्रममा पनि यीनै पदमार्गको प्रयोग गरिएकाले यस क्षेत्रको पूर्वाधार निर्माणको महत्व अझ बढेको नाम्चेका पर्यटन तथा होटल व्यवसायी लामाकाजी शेर्पाले बताउनुभयो ।

एकातिर भौगोलिक विकटता अर्कोतर्फ यस क्षेत्रका पदमार्ग जीर्ण र साँघुरा भएका कारण पर्यटकले निकै सास्ती खेप्नुपरेको थियो । लार्चा दोभानदेखि नाम्चे बजार जाने पदमार्ग पनि निकै जीर्ण साँघुरो थियो । पदमार्गको सडकखण्ड साँघुरा भएकाले पर्यटक, पर्यटकको सामग्री लिएर गएका भरिया र खच्चड लडेर घाइेत तथा मृत्यु हुने गरेको स्थानीय टसी शेर्पा बताउनुहुन्छ ।

तर अहिले प्रदेश सरकारको लगानीमा उक्त पदमार्गको पूर्वाधार निर्माणसँगै फराकिलो बनाउने काम भइरहेको छ । यसअघि करिब चार फिट चौडाइ भएको उक्त पदमार्ग सडक खण्ड अहिले करिब सात फिट फराकिलो सहित सोलिङ तथा स्टेप राख्ने काम भइरहेको खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ का वडाध्यक्ष लक्ष्मण अधिकारी बताउनुहुन्छ ।

यस्तै गोक्यो पर्यटकीय स्थल तथा चोयु हिमाल जाने पदमार्ग पूर्वाधार निर्माणको काम पनि प्रदेश सरकारले विनियोजन गरेको रु २५ लाखको लगानीमा धमाधम भइरहेको छ । यसअघि पर्यटन सिजन चलिरहेकाले पूर्वाधार निर्माणको काम गर्दा पर्यटकको आवगमनमा असर पर्ने भएकाले  सिजन कम भएसँगै काम सुरु गरेको र उक्त पदमार्गको पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेको वडाध्यक्ष लक्ष्मण अधिकारीले जानकारी दिनुभयो ।

विश्वको छैटौँ अग्लो आठ हजार एक सय ८८ मिटर उचाइ भएको चोयु हिमाल यही पदमार्ग हुँदै जान सकिने भएकाले यसको महत्व पनि उच्च रहेको स्थानीय जानकार याङ्जी शेर्पाको भनाइ छ । सगरमाथा क्षेत्रमै पर्ने चोयु हिमाल अवलोकनका लागिसमेत विदेशी तथा स्वदेशी पर्यटक यस क्षेत्रमा पुग्ने गर्छन् ।

प्रदेश सरकारको लगानीमा विगत तीन आर्थिक वर्षअघिदेखि फोर्चेदेखि सगरमाथा जाने पदमार्ग निर्माणको काम जारी रहेको छ । डरलाग्दो भीर कट्टान गरी पदमार्ग निर्माण गर्नुपर्ने भएकाले झण्डै सात मिटरको पर्खाल तयार गरेर बाटो निर्माण गर्ने काम भइरहेको छ । सडकको सहज पहुँच नपुगेको क्षेत्र भएकाले कामदार ज्याला र खाना महँगो हुँदा धेरै बजेटले थोरै काम हुने भएको खुम्बु पासाङ ल्हामु गाउँपालिका उपाध्यक्ष टासी ल्हामु शेर्पाले बताउनुभयो ।

जोक्पे तथा घोडा खच्चड हिँड्ने बाटोसमेत एउटै हुँदा फोर्चे क्षेत्रको पदमार्गमा पर्यटकलाई असहज हुने गरेको पर्यटक गाइड तथा भरियाको गुनासो छ । प्रदेश सरकारसँगको समन्वयमा निर्माण सुरु गरिएको उक्त पदमार्ग सम्पन्न भएपछि सो समस्यासमेत समाधान हुने खुम्बु पासाङ ल्हामु गाउँपालिका अध्यक्ष मिङ्मा छिरी शेर्पाले बताउनुभयो ।

सगरमाथा क्षेत्रले सोलुखुम्बुलाई मात्रै नभई देशलाई नै पालिरहेकाले यहाँको विकासमा कन्जुस्याँय गर्न नहुने सोलुखुम्बुका प्रदेश सांसद तथा पूर्वमन्त्री बुद्धिकुमार राजभण्डारीको बताउनुहुन्छ । वार्षिक हजारौँ विदेशी पर्यटक सगरमाथा क्षेत्र भ्रमणकै लागि आउने भएकाले यहाँको पूर्वाधार विकास आजको प्रमुख आवश्यकता भएको उहाँको भनाइ छ  ।

फोर्चेदेखि सगरमाथा जाने र घाट क्षेत्रको पर्यटन पदमार्ग निर्माण कार्यले पनि गति लिइरहेको खुम्बु पासाङ ल्हामु गाउँपालिकाले जनाएको छ । यी पदमार्ग निर्माण भएपछि पर्यटकलाई गन्तव्यमा पुग्न सहज हुने  स्थानीय होटल व्यवसायी काजी शेर्पाको अपेक्षा छ ।

“पदमार्ग क्षेत्रको पूर्वाधार निर्माणले पदमार्ग सहज छ भन्ने सन्देश प्रवाह हुन्छ र  सगरमाथा क्षेत्र भ्रमणमा पुग्ने विदेशी तथा स्वदेशी पर्यटकको संख्यामा समेत वृद्धि हुन्छ”, होटल व्यवसायी शेर्पाले भन्नुभयो ।

सडक यातायातको पहुँच नपुगेको यस क्षेत्रमा पदमार्ग यात्रा लुक्ला विमानस्थलबाटै सुरु हुन्छ । काठमाडौँ वा रामेछापको मन्थलीबाट हवाइमार्ग भएर लुक्ला विमास्थलमा ओर्लिएका पर्यटक पदमार्ग हुँदै सगरमाथाको आधार शिविरसम्म पुग्ने गर्दछन् । लुक्लाबाट सगरमाथा आधार शिविरसम्मको  दूरी झण्डै ६५ किलोमिटर रहेको छ ।

हेलिकप्टरबाहेक अन्य सवारी साधनको सुविधा नभएकाले पर्यटकलाई पैदलयात्रामार्फत  लुक्लाबाट सगरमाथाको आधार शिविरसम्म पुग्न सातदेखि आठ दिन लाग्ने गर्दछ  ।

सगरमाथा पदयात्रा पदमार्ग भएर प्रत्येक वर्ष ५० देखि ५५ हजार जनासम्म पर्यटक सगरमाथा क्षेत्र पुग्ने गरेको सगरमाथा राष्ट्रिय निकुञ्जको तथ्याङ्कमा उल्लेख छ । उच्च हिमाली क्षेत्र  भएकाले सो क्षेत्रमा पर्ने चट्टान तथा पहाडका खोचहरु छिचल्दै पर्यटक सगरमाथाको आधार शिविर पुग्ने गर्छन् ।

पदमार्ग क्षेत्रमा  विगतमा निर्माण गरिएका ढुङ्गाका स्टेप भत्किएका कारण सगरमाथा क्षेत्रमा पुग्ने पर्यटकले विगतमा सास्ती खेप्तै आएका थिए तर अब पदमार्गको पूर्वाधार निर्माणले सहज हुने पर्यटन गाइड साङ्गे शेर्पाको विश्वास छ । कयौँ पटक पर्यटक तथा जोक्पेसमेत लड्ने गरेको लार्चादोभान क्षेत्रमा अहिले स्तरीय पदमार्ग निर्माण भएपछि अत्यन्त सहज भएको खुम्बुका ल्हाक्पा शेर्पाको भनाइ छ ।

सडक यातायात नपुगेकाले खुम्बु क्षेत्रमा पदमार्ग निर्माणलाई मुख्य प्राथमिकतामा राखिनुपर्ने भए पनि विगतमा त्यसो नगर्दा  यस क्षेत्रको पर्यटन विकासले गति लिन नसकेको अर्का स्थानीय रिन्छेन पल्मु शेर्पा बताउँछन् ।

पदमार्ग क्षेत्रमा पर्यटकलाई बिसाउने चौतारा तथा आराम गर्ने स्थलसमेत आवश्यक रहेकाले यसमा पनि सरकारले ध्यान दिनुपर्ने पर्यटक गाइड डिकबहादुर दर्नालको सुझाव छ । उहाँले भन्नुभयो, “यस क्षेत्रमा बर्सेनि हजारौँ विदेशी र स्वदेशी पर्यटक घुम्न आउने भएकाले यहाँको पूर्वाधार विकासमा कमजोरी हुँदा गलत सन्देश जान्छ, त्यसैले पूर्वाधार विकासमा हामी गम्भीर हुनुपर्छ, अहिले सुरु भएको पदमार्ग निर्माणले सकारात्मक सन्देश दिएको छ ।”

स्थानीय संस्कृतिको प्रवद्र्धनमा ध्यान दिनुपर्ने 

पूर्वाधारको निर्माणसँगै पदमार्गका विभिन्न स्थानमा सांस्कृतिक सम्पदा, विभिन्न जातजातिका संस्कार संस्कृति झल्किने पूर्वाधार पनि निर्माण गर्न आवश्यक रहेको सरोकारवाला बताउँछन् । यस्ता कार्यले स्थानीय संस्कृतिको प्रवद्र्धन हुनुको साथै पर्यटकलाई थप आकर्षित गर्ने अवलोकनकर्ता प्रजिता कार्कीको भनाइ छ ।

केही ठाउँमा शेर्पा समुदायको गुम्बा तथा माने भए पनि राई, तामाङसहित अन्य समुदायको जाति तथा धार्मिक संस्कार संस्कृति झल्कने सामग्री पदमार्ग क्षेत्रमा राख्न सके पर्यटकलाई थप लोभ्याउन सकिने उहाँको विश्वास छ ।

आर्थिक वर्षनै विकासको बाधक

सामान्यतया देशका अन्य स्थानमा आवको सुरुआतदेखि असार मसान्तसम्म नै विकास निर्माणले गति लिने गर्छन् । तर हिमाली क्षेत्र खुम्बुमा भने आव नै विकासको बाधक बन्ने गरेको खुम्बु पासाङल्हामु गाउँपालिका प्रवक्ता ल्हाक्पाछिरी शेर्पाले बताउनुहुन्छ । सरकारी बजेटको सामान्यतय भदौ–असोजमा मात्रै अख्तियारी आउने र कात्तिकबाट चिसो सुरु हुने हुँदा यस क्षेत्रमा हिउँद सिजनमा निर्माणको काम सुरु गर्न नसकिने उहाँको भनाइ छ ।

भौगोलिक कारण यस क्षेत्रमा बाह्रै महिना विकास निर्माणका काम सञ्चालन गर्न नसक्नु यहाँका नागरिकको बाध्यता हो । फागुन अन्तिमबाट सुरु गरिने विकासे काम असार मसान्तमा नसकिने स्थानीय लामाकाजी शेर्पाले बताउनुभयो । चिसो बढेसँगै धारामा पानीसमेत जमेर नआउने भएकाले यस क्षेत्रका नागरिक विभिन्न समस्या झेल्न बाध्य छन् ।

खुम्बुमा वर्षको दुई सिजन चैतदेखि जेठ र असोजदेख मङ्सिरलाई मुख्य पर्यटकीय सिजन मानिन्छ । पर्यटकीय  सिजनमा पदमार्ग क्षेत्रमा संरचना निर्माण गर्दा पर्यटकलाई हिँडडुल गर्न असहज हुने र अन्य सिजनमा चिसो तथा अन्य कारणले पूर्वाधार निर्माणको काम गर्न समस्या हुने गरेको स्थानीय जनप्रतिनिधि बताउँछन् ।

संसारकै गन्तव्य स्थल ‘खुम्बु क्षेत्र’

विश्वकै अग्लो सगरमाथादेखि अन्य उच्च हिम शिखरसमेत यस क्षेत्रमा पर्ने भएकाले सगरमाथा पर्यटन क्षेत्र विश्वभरिका पर्यटकको गन्तव्यस्थल बन्दै आएको छ । विश्वको चौथो अग्लो शिखर ल्होत्से (८,५१६ मिटर) र छैटौँ अग्लो चोयु (८, १८८ मिटर)  खुम्बु क्षेत्रको महालङ्गुर हिमशृङ्खलामै छन् ।

यसबाहेक खुम्बु क्षेत्रमा रामसार साइटमा सूचीकृत गोक्योलगायतका ताल, हिउँ चितुवा र हाब्रेलगायतका दुर्लभ हिमाली जनावर पाइन्छन् । लार्केला पास (५,१३५ मिटर), रेन्जोला पास (५,३४५ मिटर), चोला पास (५,४२० मिटर), कोङ्ग्माला पास (५,५३५ मिटर) जस्ता संसारकै आकर्षक पदमार्ग पनि यही खुम्बु क्षेत्रमै छन् । त्यसैले यस क्षेत्रमा गरिने विकास र पूर्वाधार निर्माणले विशेष महत्व राख्दछ  ।

१६ जेठ २०१० मा तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीले पहिलो पटक विश्वको सर्वोच्च शिखरमा पाइला राखेपछि नै सगरमाथाको प्रसिद्धता संसारभर फैलिन थालेको हो ।

आलु, फापर मात्र फल्ने र त्यसबाटै जीविकोपार्जन हुने खुम्बु क्षेत्रमा त्यसपछि नै पर्यटन व्यवसाय पनि जीविकोपार्जनको स्रोत बन्न थालेको विश्व पर्वतारोहण महासङ्घका सदस्य आङ छिरिङ शेर्पाको भनाइ छ । संसारभर अर्को प्रतिस्पर्धी नरहेको सगरमाथा र खुम्बु क्षेत्रको अपार सम्भावनाको लाभ लिनबाट  अझै खुम्बु क्षेत्र बञ्चितनै रहेको उहाँको भनाइ छ ।

कोशी प्रदेश सरकारले प्रदेशभित्रका पर्यटन पूर्वाधार विकासमा चालु आवमा रु ८३ करोडभन्दा बढीको योजना सञ्चालन गरेको छ । प्रदेश सरकारले पर्यटन विकासअन्तर्गतका योजनाबाट कोशीका १४ वटै जिल्ला समेटिएको कोशी प्रदेश पर्यटन पूर्वाधार विकास आयोजना प्रमुख कुलप्रसाद यादवले जानकारी दिनुभयो ।

पर्यटन प्रवद्र्धनको प्रचुर सम्भावना बोकेको कोशी प्रदेशलाई देशकै प्रमुख पर्यटकीय गन्तव्यका रुपमा रुपमा विकास गर्न प्रदेश सरकारले उच्च प्राथमिकताका साथ काम गरिरहेको उहाँको भनाइ छ ।

सरकारले ताप्लेजुङमा रु तीन करोड २५ लाख, पाँचथरमा रु छ करोड  २५ लाख, इलाममा रु १० करोड २५ लाख, झापामा रु १२ करोड ६५ लाख, मोरङमा रु १७ करोड ९५ लाख र सुनसरीमा रु १४ करोड ७५ लाख रकमको कार्यक्रम सञ्चालन गरेको छ ।

यस्तै धनकुटामा रु २७ लाख, एक करोड ५० लाख, भोजपुरमा रु एक करोड ४५ लाख, सङ्खुवासभामा रु ९० लाख, खोटाङमा रु चार करोड २५ लाख, ओखलढुङ्गामा रु एक करोड ८५ लाख, उदयपुरमा दुई रु करोड र सोलुखुम्बुमा रु तीन करोड  बराबरको योजना सञ्चालन भएको मन्त्रालयको तथ्याङ्क छ ।

विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिम शिखरमध्ये छवटा हिमशिखर यसै प्रदेशमा पर्दछ । त्यसैले यस प्रदेशमा पर्वतारोहरण पर्यटनदेखि जलयात्रा, पदयात्रा, वन्यजन्तु अवलोक, दृश्यावलोकन, धार्मिक तथा सांस्कृतिक, जङ्गल पर्यटनलगायत पर्यटनका विविध गतिविधिको सम्भावाना रहेको छ ।

पर्यटन क्षेत्रका विविध गतिविधिको पहिचान र सम्भाव्यता अध्ययन गरी आवश्यक पूर्वाधार निर्माण गर्नसके छिमेकी मुलुक भारतको विहार र पश्चिम बङ्गालबाट बर्सेनि हजाराँै पर्यटक भित्र्याइ प्रदेशको प्रमुख आयस्रोत बनाउन सकिन्छ ।

Tags: #पर्यटन#राससपर्यटकसोलुखुम्बु
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

लागूऔषध : धरानमा ट्याटु हाउस सञ्चालकसहित सात जना नियन्त्रणमा
FEATURE BREAKING

धरानमा गाँजा बोकेको स्कारपियो गाडीसहित तीन जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
बैशाख ६, २०८३
0

इटहरी  : धरान उपमहानगरपालिका-१३ कोशी लोकमार्ग स्थितबाट लागूऔषध गाँजा बोकेको स्कारपियो गाडीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका...

छोरी–बुहारीलाई निःशुल्क स्नातक पढाएर रोजगारी दिँदै सूर्योदय नगरपालिका
विविध

पठन संस्कृति विकास गर्न दुई वर्षे अभियान सुरु, २१४ विद्यार्थी र ३५ शिक्षक सहभागी

by रासस
बैशाख ६, २०८३
0

इलाम : सूर्योदय नगरपालिका-५ मा पठन संस्कृति विकास गर्न अभियान सुरु गरिएको छ। अभियानमा सात वटा सामुदायिक विद्यालयका २१४ विद्यार्थी...

इटहरी गोल्डकप : सातदोबाटोलाई ६–१ गोलको फराकिलो अन्तरले पराजित गर्दै प्लानिङ ब्वाइज फाइनलमा

इटहरी गोल्डकप : सातदोबाटोलाई ६–१ गोलको फराकिलो अन्तरले पराजित गर्दै प्लानिङ ब्वाइज फाइनलमा

बैशाख ६, २०८३
विराटनगरमा पत्रकारसहित २३ जनामा कोरोना पुष्टि

विराटनगरमा धर्म प्रचारमा संलग्न ६ जना पक्राउ

बैशाख ५, २०८३
उदासलाई ५० र श्रेष्ठलाई २५ हजार राशिसहित ‘देवकुमारी थापा स्मृति सम्मान’

उदासलाई ५० र श्रेष्ठलाई २५ हजार राशिसहित ‘देवकुमारी थापा स्मृति सम्मान’

बैशाख ५, २०८३
कञ्चनजङ्घा क्षेत्रमा पर्यटक बढेसँगै व्यवसायी उत्साहित

विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको आगमन

बैशाख ५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

लागूऔषध : धरानमा ट्याटु हाउस सञ्चालकसहित सात जना नियन्त्रणमा

धरानमा गाँजा बोकेको स्कारपियो गाडीसहित तीन जना पक्राउ

बैशाख ६, २०८३
छोरी–बुहारीलाई निःशुल्क स्नातक पढाएर रोजगारी दिँदै सूर्योदय नगरपालिका

पठन संस्कृति विकास गर्न दुई वर्षे अभियान सुरु, २१४ विद्यार्थी र ३५ शिक्षक सहभागी

बैशाख ६, २०८३
इटहरी गोल्डकप : सातदोबाटोलाई ६–१ गोलको फराकिलो अन्तरले पराजित गर्दै प्लानिङ ब्वाइज फाइनलमा

इटहरी गोल्डकप : सातदोबाटोलाई ६–१ गोलको फराकिलो अन्तरले पराजित गर्दै प्लानिङ ब्वाइज फाइनलमा

बैशाख ६, २०८३
विराटनगरमा पत्रकारसहित २३ जनामा कोरोना पुष्टि

विराटनगरमा धर्म प्रचारमा संलग्न ६ जना पक्राउ

बैशाख ५, २०८३



लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1299 shares
    Share 520 Tweet 325
  • सुनसरीको रामधुनीमा पिकअपको ठक्करबाट दुई जनाको मृत्यु, चालक फरार

    689 shares
    Share 276 Tweet 172
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    466 shares
    Share 186 Tweet 117
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    385 shares
    Share 154 Tweet 96
  • तरहरामा दुई वटा मोटरसाइकल ठोक्किँदा भुजेलको मृत्यु, दुई घाइते

    370 shares
    Share 148 Tweet 93

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.