Saturday, August 29, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

इटहरी निवासी समालोचक डा. रामजी तिम्सिना बुधबारदेखि अझै बेपत्ता, गोताखोर टोलीद्धारा खोजी जारी

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
असार २२, २०८१
in समाचार
0
इटहरी निवासी समालोचक डा. रामजी तिम्सिना ‘जलसमाधि लिदैँछु, अलबिदा’ लेखेर बेपत्ता

रामजी तिम्सिना ।

339
SHARES
Share on FacebookShare on Twitter

इटहरी : बुधबार (असार १९) गते बिहानदेखि बेपत्ता भएका समालोचक डा. रामजी तिम्सिना अझै भेटिएका छैनन् । इटहरी २ आँपगाछी निसावी डा. तिम्सिना बुधबार बिहान घरबाट निस्किएको र हालसम्म बेपत्ता भएका छन् ।

उनले घरबाट निस्किुनअघि ‘म बराहक्षेत्रमा जलसमाधि लिदैँछु । अलबिदा ।’ लेखेर बेपत्ता भएका हुन् । उनले लेखेको त्यो चिर्कटो मुनि ‘मिति २०८१।०३।१९ बुधबार बिहान ४ः१८ बजे’ लेखिएको छ ।

त्रिभुवन विश्वविद्यालयका सह–प्राध्यापकसमेत रहेका तिम्सिना हालसम्म नभेटिनुले उनका शुभचिन्तकहरूले चिन्ता र चासो लिएका छन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक (एसपी) विपिन रेग्मीका अनुसार बिहीबारदेखि उनको खोजी हालसम्म जारी राखिएको छ ।

‘बिहीबार प्रहरीमा खबर भएसँगै हालसम्म खोजी जारी छ,’ एसपी रेग्मीले टाकुरासँग भने, ‘हामीले आज (शनिबार)पनि खोजी ग¥यौँ । सप्तकोसी नदीमा आज गोताखोर टोली परिचालन भएपनि पत्ता लागेको छैन ।’

नदीमा पौडन सक्ने तालिम प्राप्त गरेका गोताखोर टोलीबाट खोजी जारी राखिएको उनको भनाइ छ ।

उनका अनुसार तिम्सिनाको पछिल्लोपटक फोनको ‘लोकेसन’ सुनसरीको बराहक्षेत्र मन्दिर आसपास रहेको थियो । उनी बेपत्ता भएदेखि नै शुक्रबार दिउँसोसम्म फोन लागिरहेको थियो । तर, शुक्रबार दिउँसोदेखि भने फोन ‘स्वीच अफ’ रहेको छ ।

आफूले ‘सप्तकोसीमा जलसमाधि लिने’ किसिमको आशय लेखेको पत्र भेटिएपछि प्रहरीले सप्तकोसी नदीमा खोजी कार्य गरेको थियो । नेपाल प्रहरीबाट तालिम प्राप्त प्रहरी, सशस्त्र प्रहरी र स्थानीयसँगको सहकार्यमा खोजी जारी राखिएपनि पत्ता लागेको छैन ।

यो समाचार तयार पार्दा (८ः४ बजेसम्म) तिम्सिना बेपत्ता छन् । ‘लोकेसन फाइन्डिङ भएको ठाउँमा खोजी गरेपनि हालसम्म केही पत्ता लागेको छैन,’ एसपी रेग्मीले भने ।

उनका शुभचिन्तकहरूले बेपत्ता भएकोमा चिन्ता व्यक्त गरेका छन् । शुक्रबारदेखि उनको खोजीका निम्ति धेरैले चासो राखेका छन् । तिम्सिना धरानस्थित महेन्द्र बहुमुखी क्याम्पस र इटहरीस्थित कोसी कलेजमा अध्यापनरत छन् । उनी अङ्ग्रेजी विभागमा पढाउँछन् ।

केही वर्षअघि मात्रै उनले डायस्पोरा साहित्यमा विद्यावारिधि गरेका तिम्सिना खासगरी समालोचना र रिसर्चमा रूचि राख्छन् । पारिवारिक स्रोतका अनुसार तिम्सिना बेपत्ता भएपछि इलाका प्रहरी कार्यालय इटहरीमा ‘खोजी गरिपाउँ’ भनेर निवेदन दिइएपछि बिहीबारबाट खोजी भइरहेको छ ।

घरका अरू कोही परिवार उठ्नु अगावै उनले चिर्कटो लेखेर कम्प्युटर नजिक राखेपछि बेपत्ता भएको पारिवारिक स्रोतले जनाएको छ ।

स्रोतका अनुसार बुधबार बिहान ६ः२६ बजे उनले आफ्नी आमाको नम्बरमा अन्तिमपटक फोन डायल गरेका थिए । तर, फोन तत्काल नउठेपनि लगत्तै ‘कल ब्याक’ गर्दा तिम्सिनाको फोन उठेन । त्यसपछि पटकपटक फोन सम्पर्क गर्दा उनको फोन नउठेको र हाल ‘स्वीच अफ’ रहेको छ ।

‘बुधबार बेलुका घर नफर्किएपछि बिहीबार प्रहरीमा खबर भयो,’ पारिवारिक स्रोतले भन्यो, ‘अचानक बेपत्ता हुँदा चिन्ता थपिएको छ ।’

जानकारहरूका अनुसार तिम्सिना अति अध्ययनशील मानिस हुन् । रिचर्सको क्षेत्रमा पत्याइएका उनलाई धेरै साहित्यकारहरूले कुशल समालोचकका रूपमासमेत चिन्छन् ।

तिम्सिना अचानक बेपत्ता हुनुको कारणबारे भने उनी निकटहरू नै हालसम्म आश्चर्यचकित छन् ।

यो पनि – इटहरी निवासी समालोचक डा. रामजी तिम्सिना ‘जलसमाधि लिदैँछु, अलबिदा’ लेखेर बेपत्ता

Tags: खोजीबेपत्तारामजी तिम्सिना
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

खोटाङमा भक्तजन सवार ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, ३४ जना घाइते
विविध

खोटाङमा भक्तजन सवार ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, ३४ जना घाइते

by रासस
भदौ १२, २०८३
0

खोटाङ : धार्मिक मेला भरेर घर फर्कँदै गरेको अवस्थामा खोटाङमा ट्याक्टर दुर्घटना हुँदा ३४ जना भक्तजन घाइते भएका छन्। दिक्तेल...

इटहरीको नमुना कलेजले राहत कोषमा पाँच लाख रुपैयाँ दिने
विविध

इटहरीको नमुना कलेजले राहत कोषमा पाँच लाख रुपैयाँ दिने

by टाकुरा न्यूज । इटहरी
भदौ १२, २०८३
0

इटहरी : पठनपाठनसँगै सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै इटहरीस्थित नमुना कलेजले भोटेकोशी बाढीपीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पाँच लाख...

ठगी गर्ने इटहरीका सुन पसले जेल चलान

जेनजी आन्दोलनमा झुम्का कारागारबाट भागेका कैदी पक्राउ

भदौ १२, २०८३
जेनजी आन्दोलनमा हराएका सामग्री बुझाउन इटहरी ट्राफिकको आग्रह, नबुझाए के हुन्छ ?

कोशीमा साउनमै ४४० सवारी दुर्घटना, १९२ को कारण तीव्र गति

भदौ १२, २०८३
कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

भोटेकोशी विपद् : कोशी प्रदेश सरकारद्धारा तीन करोड सहयोग

भदौ १२, २०८३
आज जनैपूर्णिमा

आज जनैपूर्णिमा मनाइँदै, जनै फेर्नेदेखि रक्षाबन्धन र क्वाँटी खानेसम्मको परम्परा

भदौ १२, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

खोटाङमा भक्तजन सवार ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, ३४ जना घाइते

खोटाङमा भक्तजन सवार ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, ३४ जना घाइते

भदौ १२, २०८३
इटहरीको नमुना कलेजले राहत कोषमा पाँच लाख रुपैयाँ दिने

इटहरीको नमुना कलेजले राहत कोषमा पाँच लाख रुपैयाँ दिने

भदौ १२, २०८३
ठगी गर्ने इटहरीका सुन पसले जेल चलान

जेनजी आन्दोलनमा झुम्का कारागारबाट भागेका कैदी पक्राउ

भदौ १२, २०८३
जेनजी आन्दोलनमा हराएका सामग्री बुझाउन इटहरी ट्राफिकको आग्रह, नबुझाए के हुन्छ ?

कोशीमा साउनमै ४४० सवारी दुर्घटना, १९२ को कारण तीव्र गति

भदौ १२, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    446 shares
    Share 178 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    306 shares
    Share 122 Tweet 77
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    290 shares
    Share 116 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    280 shares
    Share 112 Tweet 70
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    278 shares
    Share 111 Tweet 70

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
समाचार संयोजक : पुष्प पराजुली (अभिमन्यु अभिजित)
साहित्य संयोजक : राज भट्टराई
संवाददाता : निश्चल शर्मा
संवाददाता : सुमन रेग्मी
संवाददाता : मनोज अधिकारी
हाम्रो टिम

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

 

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.