इटहरी : अनेरास्ववियू क्रान्तिकारी सुनसरीको अध्यक्षमा यामकुमार पाण्डे निर्विरोध निर्वाचित भएका छन् ।
शनिबार इटहरीमा सम्पन्न १४ औँ जिल्ला अधिवेशनले पाण्डेको नेतृत्वमा ३३ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
अध्यक्षका प्रत्याशी रविन श्रेष्ठले मनोनयन फिर्ता लिएपछि पाण्डे निर्विरोध निर्वाचित भएको जिल्ला संयोजक नवीन दाहालले जानकारी दिए ।
त्यसैगरी उपाध्यक्षमा महिलातर्फ यमुना महत, खुल्लातर्फ तीनजनाको उम्मेदवारी पर्दा तीर्थ कार्की र मन्तोष मण्डल निर्वाचित भए । रविन तिवारी भने पराजित बने ।
सचिवमा भूपेन्द्र देवान, सहसचिव शैली प्रभात र कोषाध्यक्षमा यहशान अली निर्विरोध निर्वाचित भएको दाहालले जानकारी दिए ।
बुधबार खुल्ला सत्रको उद्घाटन भएको थियो । कार्यक्रममा कोशी प्रदेशसभाका सदस्य जीवन आचार्य प्रमुख अतिथि थिए । सो दिन निर्वाचन हुन नसकेपछि शनिबारलाई निर्वाचन कार्यतालिका तयारी थियो ।
अनेरास्ववियू क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहको उपस्थितिमा बन्दसत्र समापन भएको थियो ।












Discussion about this post