इनरुवा : सुनसरीको इनरुवा–३ मा करेन्ट लागेर एक मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्जु गाउँपालिका–६ चिमडीका ४० वर्षीय नन्दकुमार चौधरी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीकाअनुसार आज (बुधबार) घरको माथिल्लो तलामा रड काट्ने क्रममा हाइटेन्सन लाइनमा रडले छोएर नन्दकुमारलाई करेन्ट लागेको थियो ।
करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । करेन्ट लागेर नै अर्का कामदार श्रवण चौधरी गम्भीर घाइते भएका छन् ।
श्रवणलाई उपचारका लागि विराटनगर पठाइएको जिल्ला प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको सुनसरी प्रहरीले जनाएको छ ।














Discussion about this post