इटहरी : इटहरी उपमहानगरपालिका–११ बाट प्रहरीले ठूलो परिमाणको लागूऔषध बरामद गरेको छ।
विशेष सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो । ३० वर्षीय मोहम्मद अवजल मियाँको घरमा छापा मार्दा ट्रामाडोल १,२६० पिस र डीकोलिक ५१० पिस क्याप्सुल फेला पारेको हो।
घटनास्थलबाट मोरङको सुन्दरहरैँचा–७ का २४ वर्षीय सलमान मन्सुरी, इटहरी–११ का १८ वर्षीय करण राई, इटहरी–१४ का २२ वर्षीय रुजित सरदार, र सिरहा नगरपालिका–१० का २४ वर्षीय होम मुखियालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
त्यस क्रममा घरको कम्पाउन्डमा पार्क गरिएका प्रदेश नं. १–०४–००१ प ४५९१ र को २९ प ७८०९ नम्बरका दुई मोटरसाइकल पनि नियन्त्रणमा लिइएका छन्।
घरधनी मियाँ भने घटनापछि फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।














Discussion about this post