इटहरीमा एक हप्ताभित्रमा एक सय बेड क्षमताको आइसोलेसन बेड निर्माण हुने भएको छ ।
प्रदेश १ का सांसद सर्वध्वज साँवाको प्रमुख आतिथ्यमा इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीको अध्यक्षतामा रंगशालामा आज बसेको कोभिड रोकथाम, तथा नियन्त्रण तथा ब्यवस्थापन नगरस्तरीय समिति इटहरीको वैठकले एक हप्ताभित्रमा एक सय बेड क्षमताको आइसोलेसन बेड निर्माण गर्ने निर्णय गरेको हो ।

वैठकले आवश्यक स्वास्थ्य जनशक्ति वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र वाइफाईका लागि नेपाल टेलिकमसँग माग गर्ने निर्णय गरेको छ । बैठकलाई सम्वोधन गर्दै प्रदेश सांसद सर्वध्वज साँवाले प्रदेश सरकारले आइसोलेसन निर्माणका लागि २० लाख उपलब्ध गराएको जानकारी दिए ।
अहिले जमीन सम्याउने काम भइरहेको छ ।
त्यहाँ वाइफाई र सीसी क्यामेरा जडानका लागि प्रक्रिया अघि बढेको छ । १२ वटा शौचालय र २ वटा वाथरुम निर्माण गरिने भएको छ ।












Discussion about this post